विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले लमजुङमा निर्माण पूरा गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको बिहीबार (असोज २७ गते) देखि परीक्षण उत्पादन सुरु भएको छ ।

भूकम्प, नाकाबन्दी तथा विभिन्न प्राकृतिक प्रकोपका समस्याहरू झेल्दै बल्ल विद्युत उत्पादनको चरणमा पुगेको कम्पनीका सञ्चालक राजेन्द्र वस्तीले बिहीबार ऊर्जा खबरलाई बताए । योजना अनुसार परीक्षण उत्पादन सफल भएमा कातिकदेखि नै व्यावसायिकरूपमा बिजुली उत्पान सुरु हुने उनले जानकारी दिए ।

आयोजनाबाट २०७६ साल चैतदेखि विद्युत उत्पादन गर्ने तालिका थियो तर समयमा प्रसारण लाइन निर्माण नहुँदा, विश्वव्यापी रूपमा फैलिएको कोरोना माहामारी तथा बाढी–पहिरोका कारण उत्पादन तालिका धकेलिँदै आएको थियो ।

लमजुङको दोर्दी गाउँपालिका वडा नं ६ ढोडेनी भएर बग्ने दोर्दी खोलामा निर्मित आयोजना पूरा गर्न सुरुमा ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । विभिन्न समस्याहरू समाधान गर्दै आउनु परेका कारण हाल लागत करिब ५ अर्ब रुपैयाँ पुगेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ९६ युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । विद्युत उत्पाद सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी प्रक्षेपण गरिएको छ । दोर्दी कोरीडोरमा माथिल्लो दोर्दी ‘ए’ सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजना निर्माणाधीन छन् । २७ मेगावाटको दोर्दी खोलाबाट भने यसअघि नै उत्पादन सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit