विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले रामेछाप र दोलखाको सिमा भइ बग्ने खिम्ती खोलामा निर्माण गरिरहेको ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाको काम ७५ प्रतिशत पूरा भएको छ । २०७८ साल साउनबाट निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको बाँधस्थल, सुरुङमार्ग,  विद्युत्‌गृह लगायत सबै क्षेत्रकाे काम भइरहेको आयोजना प्रमुख तारानाथ सापकोटाले बताए । ‘आयोजनाको बाँध क्षेत्रको ६० प्रतिशत निर्माण पूरा भएको छ,’ उनले ऊर्जा खबरसँग भने ‘सुरुङमार्ग ८ हजार ३०० मिटर खन्नुपर्नेमा ६ हजार २०० खनीसक्यौ ।’

आयोजनाको विद्युत्‌गृह संरचना निर्माणको काम द्रुत गतिमा भइरहेको छ । विद्युत्‌गृहको काम पनि अन्तिम चरणमा पुगेको सापकोटाले बताए ।

यस्तै, आयोजनाको सिभिल तथा हाईड्रो मेकानिकल तर्फको काम पनि सहज रूपमा भइरहेको छ । इलेक्ट्रो मेकानिकल उपकरण आयोजनास्थलमा लैजाने काम भइरहेकोले यसको काम भने सुरु नभएकाे पनि सापकोटाले जानकारी दिए ।

‘यही गतिमा निर्माण भएमा र केही समस्या नआएमा डेढ वर्षभित्र सबै काम पूरा हुन्छ । छुट्फुटको बाँकी काम र आन्तरिक परीक्षण पूरा गरी अबको २० महिनाभित्र आयोजनाकाे विद्युत राष्ट्रिय प्रसारण प्रणाली मै जोडिने छ’ उनले भने ।

आयोजना पूरा भएपछि वार्षिक २६ करोड युनिट विद्युत् उत्पादन हुनेछ । सुख्खायाममा साढे ४ करोड युनिट र वर्षायाममा साढे २१ करोड युनिट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादित विद्युत १३२ केभी प्रसारण लाइन मार्फत ४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको न्यु—खिम्ती सबस्टेसनमा जोडिनेछ ।

कम्पनीले सुरुवातमा यो आयोजना ३ वर्षमा सम्पन्न गर्ने गरी इपिसिएफ (इन्जिनियरिङ, खरिद, निर्माण तथा वित्तीय व्यवस्थापन) मोडलमा निर्माण गर्न चीनको च्वङक्विङ वाटर टर्बाइन वर्क (सिडब्ल्युटिडब्ल्यु) कम्पनीलाई जिम्मा दिएको थियो ।

सबै प्रक्रिया पूरा गरी आयोजनाको काम थाल्ने समयमा कोरोना (कोभिड–१९) महामारी सुरु भएकाले चीनियाँ कम्पनीका प्राविधिक तथा कामदार चीनबाट नेपाल आउन नसकेपछि कम्पनीले नेपालकै हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरी सिभिलको काम अघि बढाएको हो ।

आयोजना सम्पन्न गर्न ८ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । तर, कोरोना माहामारीका कारण निर्माणमा ढिलाई तथा सिमेन्टबाहेकका उपकरण तथा निर्माण सामग्रीको मुल्य बढेकाले लागत केही बढ्ने सम्भावना देखिएको कम्पनीले जनाएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा अन्य ९ बैंकले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३