विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूबीचको विवादले ऊर्जा खपत घटाउने परिस्थिति सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरेको छ । डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत् महसुल विवादका कारण प्राधिकरणले उद्योगको लाइन काटेको र उद्योगीले भने विद्युत् सेवा नै वहिस्कार गर्न सुरु गरेकोले खपत घट्ने र यसले विद्युत् कम्पनीहरुको आम्दानीमा असर गर्ने इपानले जनाएको छ । 

‘वर्षभरि उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशतभन्दा बढी बर्षाको समयमा उत्पादन हुने र यही बेला कम खपत भएमा यसले आयोजनाहरुको आर्थिक अवस्थामा प्रत्यक्ष असर पार्छ भने लाइन काट्ने क्रमसँगै खपत कम भई यसको असर आयोजनामा देखिन थालिसकेको छ,’ इपानले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सामान्य अवस्थामा समेत बिजुली खेर गएर निजी क्षेत्रका आयोजनाहरुले समस्या भोगिरहेको बेला भएका उद्योग व्यवसाय समेत बन्द हुने परिस्थितीले आयोजनाहरुको आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ ।’

देशभित्र विद्युत् खपत बढाउन स्वतन्त्र ऊर्जा उत्पादक, प्राधिकरण र उपभोक्ताबिच सुदृढ हुनुपर्ने भन्दै इपानले विवाद समाधान गर्न ढिलो भएसकेको जनाएको छ । 

‘अहिले दुई पक्षबीच देखिएको संवादहीनता र द्वन्द्वको अवस्था अन्त्यका लागि पहल गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्य सम्वद्ध सरकारी निकायहरुमा पनि इप्पानको तर्फबाट विशेष ध्यानाकर्षण गराउन चाहान्छौँ,’ इपानले भनेको छ ।  
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३