विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ताप्लेजुङ र पाचँथर जिल्लाको सीमा भएर बग्ने इवा खोलामा ४.१० मेगावाटको सबभन्दा माथिल्लो इवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि टिम्वुङ पोखरी हाइड्रो प्रालिले उक्त आयोजना निर्माणका लागि आवश्यक अनुमति माग्दै विद्युत् विकास विभागमा दरखास्त दिएको छ ।

कम्पनीका अनुसार आयोजनाको मुख्य संरचनाहरू इवा खोलामा बाँध–बाँधी सो खोलाको दाँया किनारमा निर्माण हुने फ्रन्टल इन्टेकमा पानी फर्काइ सो पानीलाई आयोजनाका मुख्य संरचनाहरू ग्राभेल ट्रयाप, सेटलिङ्ग बेसिन, प्रेसर पाइप हुँदै विद्युत् गृहमा लगिने छ । आयोजनाको विद्युत् गृह लगायत सम्पूर्ण संरचनाहरू इवा खोलाको दाँया किनारमा रहनेछ । 

नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको यो आयोजनाअन्तर्गत खोलाको पानी फर्काउन बनाइने बाँधको लम्बाई २३ मिटर र उचाई ३ मिटर लम्बाइको निर्माण गरिने छ । 

१९५ मिटर ग्रस हेड रहने आयोजनाले वार्षिक सरदर २४.३७१ गिगावाट इनर्जी उत्पादन गर्ने र उक्त विद्युत् ३३ केभीको २५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको अमरपुर सब–स्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समानित गरिने छ । आयोजनाबाट २०८५ सालभित्र विद्युत् उत्पादन हुने प्रस्ताव गरिएको छ । 

प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आइइई) प्रतिवेदन तयार भइसकेको आयोजनाले उल्लेखनीय वातावरण प्रभाव पार्ने भए लिखित राय, सुझाव तथा प्रतिक्रया पेश गर्न आग्रह गर्दै विभागले आइतबार ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३