विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको वार्षिक साधारणसभा माघ ९ गते हुने भएको छ । कम्पनीको गत पौष १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । 

साधारणसभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वासताल तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ । साधारणसभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम चालू वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने भएको छ ।

साधारणसभाले लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाको लागि थप ऋण प्रस्ताव अनुमोदन गर्ने भएको छ । साथै, सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने प्रस्ताव पनि अनुमोदन गर्ने कार्यसूची छ । साधारणसभा बिहान ११ बजेदेखि भर्चुअल (जुम मिटिङ) माध्यमबाट हुने कम्पनीले जनाएको छ । 

कम्पनीले निर्माण गरिरहेको आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत ३ किलोमिटर दुरीमा निर्माणाधीन किर्तीपुर सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न २ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit