विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिम रिभर पावर लिमिटेडले २६ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १६.२६ मेगावाटको लिपिङ खोला जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्ने लागेको हो ।

कम्पनीले साधारण सेयर निष्कासन लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई तोकेको छ । कम्पनीले सय रुपैयाँमा अंकित २६ करोड ६० लाख रुपैयाँ बराबरको २६ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

जारी पूँजीको २० प्रतिशत सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १३ लाख ३० हजार कित्ता आयोजना प्रभावित बासिन्दाका लागि छुटयाइएको छ ।

यस्तै, बाँकी सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ । कम्पनीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा लिपिङ खोला निर्माण गरिरहेको छ । आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit