विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत प्रवाह हुने प्रसारण लाइनको समस्याले यो वर्ष बर्खायाममा संखुवासभा, भोजपुर र तेह्रथुममा सञ्चालित जलविद्युत आयोजनाको २२ मेगावाट विद्युत प्रणालीबाट बिच्छेद हुने भएको छ । अहिले चालू अवस्थामा रहेको ३३ केभी दुहबी–धरान–धनकुटा–तेह्रथुम–संखुवासभा हुँदै भोजपुर पुगेको प्रसारण लाइनकाे विकल्पमा अर्काे लाइन तयार भइनसकेकाले आउने बर्खायाममा अघिल्लाे पटककाेभन्दा बढी विद्युत खेर जाने अवस्था देखिएको हो । 

यी ३ जिल्लामा निजी क्षेत्रले निर्माण गरेका जलविद्युतगृहबाट ३३ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ । हिउँदयाममा कुनै समस्या नभए पनि गत वर्षदेखि बर्खाकाे विद्युत खेर जान थालेको हो ।

गत चैतदेखि ८ मेगावाटको टक्सार पिखुवा यही प्रसारण लाइनमा प्रवाह हुन थालेकाले यस पटक अघिल्लो बर्खायामकोभन्दा बढी विद्युत खेर जाने देखिएको हो । गत बर्खायाममा १४ मेगावाट विद्युत प्रणालीबाट बिच्छेद भएको थियो ।

यो प्रसारण लाइनमा जोडिएका संखुवासभामा साढे १२ मेगावाटका ४, भोजपुरमा १३ मेगावाट २ र तेह्रथुममा साढे ७ मेगावाटको एउटा जलविद्युत आयोजना सञ्चालित छन् । प्रसारण लाइनको क्षमताअनुसार ११ मेगावाटमात्रै प्रवाह गर्न मिल्छ । 

बर्खाको विद्युत प्रवाह गर्ने अर्को वैकल्पिक प्रसारण लाइन तयार भइनसकेकाले यो वर्ष पनि विद्युत खेर जाने देखिएको प्राधिकरण धनकुटा वितरण केन्द्र प्रमुख दीपक सापकोटाले बताए । ‘३३ मेगावाट नै प्रवाह गर्ने हो भने प्रसारण लाइनको क्षमताले धान्दैन,’ उनले ऊर्जा खबरसँग भने, ‘कन्डक्टरको साइज ११ मेगावाटको छ । क्षमताभन्दा बढी विद्युत प्रवाह गर्दा प्रणालीमै समस्या आउँछ ।’ 

उनले यो वर्ष विद्युत खेर जाने अवस्था आएमा भर्खरै जोडिएको टक्सार पिखुवा र साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोलाको विद्युत प्रणालीबाट बिच्छेद गरेर भए पनि अन्य जलविद्युतगृहको अधिकतम विद्युत लिने प्राधिकरणको योजना रहेको बताए । 

प्राधिकरणसँग यी २ जलविद्युगृहका प्रवर्द्धकले सम्झौता नै गरेको हुनाले बर्खायाममा साढे १५ मेगावाट विद्युत पूर्णरुपमा बिच्छेद गरेर भए पनि ३ मेगावाटको पिलुवा, ५ मेगावाटको पिखुवा खोला, ४.४ मेगावाटको हेवाखोला, ४ मेगावाटको सवाखोला र १ मेगावाटको तल्लो पिलुवाको अधिकतम विद्युत ३३ केभी लाइनमा प्रवाह गरिने उनले बताए ।

निर्माणाधीन २२० केभी कोसी कोरिडोर प्रसारण लाइन बर्खाअघि नै सञ्चालनमा आएमा भने कुनै जलविद्युतगृहको विद्युत खेर जाने छैन । तर, प्रसारण लाइनको रुट पर्ने क्षेत्रमा समस्या समाधान भइनसकेकाले बर्खाअघि नै सञ्चालनमा आउन सक्ने सम्भावना न्युन छ । 

बर्खायामको विद्युत खेर जान नदिन कोसी कोरिडोरको निर्माण पूरा भई यतिबेला परीक्षण पूरा भइसक्नु पर्ने थियो । विष्णुपादुकामा स्थानीयसँगको विवाद समाधान नहुँदा प्रसारण लाइनको एउटा टावर निर्माण हुन सकेको छैन ।

यी जलविद्युतगृहको विद्युत खपत हुने भोजपुर, तेह्रथुम, धनकुटा र संखुवासभाको विद्युत माग अधिकतम ८ र न्युनतम ३ मेगावाट हाराहारी मात्रै छ । अधिकतम खपत हुने समयमा पनि उत्पादन र खपतबीच ठूलो अन्तर छ । 

देशको विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाउन उत्पादन भएको सबै विद्युत प्रवाह हुन नसक्ना प्रवर्द्धकले ठूलो आर्थिक नोक्सानी बेहाेर्नु परेकाे छ ।  यता माग र आपूर्ति व्यवस्थापन मिलाउन भारतबाट विद्युत आयात गर्दा ठूलो धनरासी विदेशिएको छ ।

यस्तै खाले समस्या अधिकांश जलविद्युत आयोजनाले भोगिरहेका छन् । सोलु कोरिडोर पूरा नहुँदा २३.५ मेगावाटको सोलुखोलाको १७ मेगावाट बढी विद्युत १ वर्षदेखि खेर गइरहेको छ । सोलु कोरिडोर निर्माण अन्तिम चरणमा पुगेका आयोजनाले पनि प्रसारण लाइनको समस्या भोग्दै छन् ।

प्रसारण लाइन नभएकै कारण निर्माणाधीन आयोजनाको काम सुस्त छ । दोर्दी कोरिडोरको समस्या पनि यस्तै छ । प्रसारण लाइनको समस्याले माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोलालगायत आयोजनाले विद्युत उत्पादन सुरु गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit