विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दुल्लु–कालीकोट प्रसारण लाइन ३३ केभी क्षमतामा सञ्चालन भएको छ । नेपाल विद्युत प्राधिकरणले यसअघि ११ केभीमा विद्युत प्रवाह हुँदै आएको प्रसारण लाइन ३३ केभीमा सञ्चालन गरिएको हो ।

दैलेखको दुल्लुदेखि कालीकोटको मान्मसम्म पुगेको लाइन ३३ केभीमा सञ्चालन गरिएको प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख नारायण प्रसाद पौडेलले बताए । उनका अनुसार कालीकोटमा ११ केभीए प्रसारण लाइनमा विद्युतको भोल्टेज घटबढ हुने समस्या र नागरिकको माग अनुसार विद्युत आपूर्ति गर्नका लागि ३३ केभी प्रसारण लाइन जडान गरिएको छ । 

यो कार्यसँगै कालीकोटको सदरमुकाम मान्मबाट जिल्लाका सबै पालिकाको केन्द्रसम्म विद्युत प्रसारण लाइन विस्तारको काम अगाडि बढ्नेछ । अहिलेसम्म जिल्लाको ९ पालिकामध्ये ३ पालिका मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ ।

कालीकोटमा पहिलो पटक ३३ केभीको राष्ट्रिय प्रसारण प्रणाली पुगेको हो । सअघि दैलेखकको  दुल्लुबाट कालीकोट हुँदै जुम्लासम्म आइपुग्ने एउटै ११ केभी लाइनबाट कालीकोट र जुम्लामा विद्युतीकरण हुँदै आएको थियो ।

प्रसारण लाइन ३३ केभीमा सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत वितरण प्रणालीको गुणस्तरमा सुधार हुनुका साथै कर्णालीबासीको विद्युतमा पहुँच बढेर जाने प्राधिकरणले जनाएको छ । ११ केभी वितरण लाइन लामो भएकाले तथा एउटै लाइन दैलेखबाट कालीकोट हुँदै जुम्लासम्म पुगेकाले ग्राहकले गुणस्तरीय विद्युत सेवा पाउन सकेका थिएनन् ।

देशभरका अधिकांश जिल्लामा विद्युत पुहँच पुगे पनि कर्णाली र सूदुरपश्चिम प्रदेश राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँचबाट पछाडि छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये अहिलेसम्म कालीकोट र जुम्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच भर्खरै पुगेको छ । हुम्ला, मुगु र डोल्पामा अझै राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३