विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पहलमा मनसुनजन्य विपत्मा बेपत्ता भएका नागरिकको परिवारले आर्थिक राहत भएका छन् । गत फागुन १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले मन्त्री खड्काको पहलमा मनसुनजन्य प्रकोपमा बेपत्ता भएको व्यक्ति कम्तिमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह आर्थिक राहत उपलब्ध गराउने निर्णय गरेको हो ।  

वि.सं. २०८० असार २ गतेको अविरल वर्षाका कारण बाढीबाट संखुवासभा, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायतका जिल्लामा थुप्रै मानिस बेपत्ता भएका थिए । संखुवासभाको हेवाखोलामा मात्र १९ जना बेपत्ता भएका थिए । याे घटनापछि संखुवासभाका प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री खड्काले बेपत्ता नागरिकका परिवारलाई राहत दिन सरकारको निरन्तर ध्यानाकर्षण गराउँदै आएका थिए । 

मन्त्रीपरिषद्काे उक्त निर्णयसँगै अब देशभर वि.सं. २०८० वैशाख १ गतेयताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका नागरिकको परिवारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत पाउने भएका छन् । उक्त व्यवस्थाले पीडित नागरिकको परिवारमा थोरै भए पनि आर्थिक राहतको अनुभूति हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३