विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बागमती प्रदेश अन्तर्गत निर्माणाधीन चोभार सबस्टेसनदेखि पाटन सबस्टेनससम्मको ४.५ किलोमिटर लामो भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ ।

यस प्रसारण लाइन बागमती प्रदेशको काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका–६ मा प्रस्तावित चोभार सबस्टेसनदेखि जलविनायक मार्ग बागमती पुल हुँदै ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाको पिपल बोट, मेडिसिटी अस्पताल, नक्खु पुल, विष्णुदेवी मन्दिर, गायत्री देवी पेट्रोल पम्प, चक्रपथ, महालक्ष्मी मार्ग हुँदै प्रस्तावित पाटन सबस्टेसनसम्म निर्माण हुनेछ ।

प्राधिकरणले आयोजना निर्मिाण अनमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले उत्पादन अनुमतिपत्र जारी गर्न ३५ दिने सुचना जारी गरेको छ । प्रस्तावित लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनिय प्रतिकुल असर पर्ने भएमा आगामी ३५ दिनभित्र लिखित राय प्रतिक्रिया दिनु अनुरोध गरेको छ ।

४.५ किलोमिटर लामो भूमिगत लाइन अन्तर्गत चोभार सबस्टेसनमा दुई वटा १३२/११ केभी क्षमता, ४५ एमभीए ग्यास इन्सुलेटेड (जीआइएस) सबस्टेसन निर्माण हुनेछ । पाटन सबस्टेसनमा तीनवटा १३२/११ केभी क्षमता, ४५ एमभी र दुई वटा १३२/६६ केभी क्षमता, ६३ एभमीएको (जीआइएस) सबस्टेसन निर्माण हुनेछ ।

लाइन कीर्तिपुर  नगरपालिकाको चोभारमा निर्माण भइरहेको १३२ केभी चोभार सबस्टेनदेखि ललितपुर महानगरपालिकाको ३३ केभी पाटन सबस्टेसनसम्म भूमिगत निर्माण हुनेछ । लाइन निर्माणको काम दुई वर्षभित्र सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य रहेको छ ।

लाइनको उदगम बिन्दुदेखि अन्तिम बिन्दुसम्म पक्की सडकमुनि बिछ्याइनेछ । लाइनमा जम्मा ९ वटा जोइट पिटहरू रहनेछन् । निर्माण गर्दा विशेष गरी खाडल खन्ने र केही स्थानमा तेस्रो दिशामा ड्रिलिङ गर्ने विधि प्रयोग गरिनेछ ।

काठमाडौं उपत्यकाको विद्युत प्रणालीलाई सफा, भरपर्दो र स्तरोन्नति गर्नका लागि प्राधिकरणले भूमिगत लाइन निर्माण अघि बढाएको प्राधिकरणले जनाएको छ । आयोजनाको सम्पन्न गर्न ९० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३