विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण ९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै एकले अर्कालाई आरोप लगाउँदा मुलुक कता पुग्छ भनी प्रश्न गरेका छन् । गत माघ २४ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित भएर उठाएका प्रश्नको उत्तर दिँदै उनले केही सञ्चार माध्याममा आएका समाचारका भरमा धारणा बनाउँदा मुलुक कहाँ पुग्छ भनी प्रश्न गरेका थिए । उनले पूर्वप्रधानमन्त्रीले विषयको गहिराइ नबुझिकन सामाजिक सञ्जाल र सञ्चारमाध्याममा आएका समाचारलाई लिएर धारणा बनाई बोल्दा सांसदहरू र संसदको गरिमा घट्दै जाने बताए ।

‘सम्मानित  पूर्वप्रधानमन्त्रीज्यूले म र मेरो मन्त्रालयसँग जोडेर जगदुल्लाका विषय, लेनदेनका विषय यो संसदमा उठाए, मैले यसबारे पूर्वाधार समितिमा पनि धारणा राखिसकेको छु, जगदुल्ला आयोजना कर्णालीको महत्त्वपूर्ण आयोजना हो, यो आयोजना समयमै सम्पन्न हुनुपर्छ भन्ने मन्त्रालय र मेरो पनि धारणा थियो, म मन्त्रालयमा नजाँदै यो आयोजनाको ठेक्का प्रक्रिया सुरु भएको थियो र म गइसकेपछि २/४ दिनमै त्यसको ठेक्का रद्द गरियो, मन्त्रालयमा मैले सोधेँ किन ठेक्का रद्द र्नुभयो, उहाँहरूको उत्तर आयो- प्रत्रिया पुगेन, ठेकेदार हेर्न जान सकेनन्, भन्ने । दोस्रोपल्ट फेरी उहाँहरूले रद्द गर्नुभयो । नोटरी गर्नुपर्नेमा नोटरी नगरेका कारण ठेक्का रद्द गर्नुपरेको भन्ने जवाफ आयो । यसरी चेक आदानप्रदान गरेर भ्रष्टाचार गर्न सम्भव होला ? यो मन्त्रालय विगत ८ वर्षदेखि माओवादीका मन्त्रीहरूले सञ्चालन गर्दै आउनुभएको थियो । उहाँहरूले के के गर्नुभयो होला, त्यसमा यस्तै गरिन्छ । यति ठूलो नेताले यस्ता प्रश्न सोध्दा ख्याल गर्नुपर्छ,' मन्त्री खड्काले भने । 

उनले तथ्यहीन कुरा रोष्ट्रममा बोलेर एउटा माननीय, एउटा मन्त्रीलाई आरोप लगाउँदै गर्दा त्यसको समाजमा के असर पर्छ भन्ने कुरा ख्याल राख्नसमेत आग्रह गरे ।

'म यो प्रमाणित गरिदिनुभयो भने उहाँको पछाडि खुरुखुरु झोला बोकेर हिँड्न तयार छु, यस्ता तथ्यहीन कुरा नगर्न आग्रह गर्दछु । केही माननीय ज्यूहरूले राजीनामाको कुरा गर्नुहुन्छ । प्रमाणित गरेर देखाउनुहोस्, मन्त्रीमात्र होइन सांसदबाट पनि राजीनामा दिएर तपाईँहरूको पछाडि झोला बोकेर हिँड्न तयार छु,' उनले भने । ठूलाठूला कामहरू मुलुक र जनताप्रति गर्नुपर्ने बेलामा यस्ता आरोप लगाएर बसेको देखेर आफूलाई आश्चर्यचकित बनाएको बताए ।

ऊर्जा मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणको अध्यक्षका रूपमा प्राधिकरणमा हिजोको दिनमा पनि मन्त्रीको अफिस रहेको र बिचमा नरहेको अवस्थामा आफू मन्त्री भएको समयमा अध्यक्ष बस्नका लागि एउटा कोठा  बनाउँदा आकाश खसेको जस्तो गरिएको बताए । 'अफिस बनाउँदा हुने के हो, आठ वर्षदेखि भएको एमडीको विषयमा सबैलाई थाहै छ, त्यहाँ केही गलत भयो भने प्रश्न राख्न सक्नुहुन्छ,' उनले भने ।  

उनले प्राधिकरणका वर्तमान एमडीका कारणले लोडसेडिङ अन्त्य भएको भन्दै खुसी मान्नुपर्ने कुनै कारण नभएको बताए । 'तत्कालीन अवस्थामा ८ वर्षअगाडि लोडसेडिङ हुन नदिन साढे ४ सय मेगावाट बिजुलीको आवश्यकता रहेछ, त्यति बिजुली भारतबाट ल्याएर लोडसेडिङ मुक्त गरियो । भारतबाट विद्युत् ल्याउन प्रसारण लाइन कसका कारण बनेको हो ? उहाँ उत्पात देवता हुनुभयो ? अचम्म लाग्छ, केही राम्रा काम गर्नुभयो होला त्यसको विश्लेषण गरेर केही पुरस्कार वा धन्यवाद दिनुपर्ने हो दिउँला तर सञ्चालक समिति निर्णय गर्छ, उहाँ कार्यान्वयन गर्नुहुन्न, सरकारलाई टेर्नुहुन्न,' उनले भने । 

मन्त्री खड्काले शतप्रतिशत सरकारको लगानी रहेको प्राधिकरणका प्रमुख भाषण गर्दै हिँड्ने गरेको बताए । 'तपाईँहरूले पनि उहाँको गतिविधिको मूल्यांकन गर्नुभएको छ, यस्तो अराजक गतिविधिलाई सरकारले सँधै हेरेर बस्ने कुरा त हुँदैन । लगाम त लगाउनुपर्छ । राम्रो काम गर्दा हामी स्याबास दिउँला, पुरस्कार दिउँला, एउटा कर्मचारीका विषयमा यत्रो प्रश्न उठाउनुपर्ने सम्मानित नेताहरूले ? त्यस्तो के आश्चर्य भयो, मलाई अचम्म लागेको छ,' मन्त्री खड्काले भने ।

उनले देश बनाउनका लागि के–के गर्नुपर्छ बरु त्यसका लागि बसेर छलफल गर्न सकिने बताए । 'देश बनाउनका लागि के–के गर्नुपर्छ, त्यसका लागि बसेर छलफल गरौँ, कहिँ त्रुटि छ भने सच्याऔँ, वास्तवमा अहिले ऊर्जा क्षेत्रको विकास गर्न सक्यौँ भने मुलुकमा आमुल परिवर्तन हुन्छ, दश वर्षमा मुलुकको विकास हुन्छ, हामीले मागेर ल्याएको बजेट यहीँ निर्माण गर्न सकिन्छ, लाखौँलाई रोजगारी दिन सकिन्छ, यस्ता मिथ्या आरोप लगाएर अरुलाई खुल्याउँदै गर्दा आफ्नो टाउकोमा फोहोर परेकोप्रति पनि ध्यान दिनुपर्छ,' उनले भने ।  

मन्त्री खड्काले लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइन विवादलाई समाधान गर्न सरकार लागेर समिति निर्माण गरेको बताए । 'डेडिकेटेड र ट्रंक लाइनको २२ अर्बको कुरा गर्नुभयो, ८/८ वर्ष तपाईँहरूले मन्त्रालय चलाउँदा के हेरेर बस्नुभयो, किन समाधान नभएको होला, तपाईँलाई थाहा भयो होला नि, त्यसको जिम्मा तपाईँहरूले लिनुपर्दैन ? लाल आयोग कसका पालामा निर्माण गरिएको थियो, लाल आयोगमा के लेखिएको छ, त्यो किन लुकाएर राख्नुपर्यो, अहिलेको यो सरकारले लाल आयोगकाे प्रतिवेदन बाहिर ल्यायो, लाल आयोगकाे प्रतिवेदन कार्यान्वयन गराउने मन्त्री परिषद्काे निर्णयअनुसार समिति बनाएका हौँ,' उनले भने ।  

लाल आयोगकाे प्रतिवेदन कार्यान्वयनका लागि सरकारले एक निष्पक्ष समिति गठन गरेको उनको भनाइ थियो । 'मन्त्रालयले नै गठन गरेको समिति अवैधानिक भन्नुहुन्छ, मन्त्रालयले गठन गरेको समिति कसरी अवैध भयो, उक्त समितिलाई एमडीसाब (कुलमान घिसिङ) ले असहयोग गर्नुपर्ने के कारण के छ, बिल तिर भन्नेलाई तिम्रो बिल यो हो भन्नुपरो होला नि, आठ/आठ वर्ष तपाईँहरू सरकारमा बस्नुभएको थियो त । कार्यान्वयन किन नगराएको मेरा पनि प्रश्न छन्,' मन्त्री खड्काले भने ।

उनले प्रयाेग गरेकाे बिजुलीकाे बिल तिर्नु पर्ने बताए । उनले भने, 'आउनुहोस् तपाईँहरू पनि, बसौँ निष्पक्ष छानविन गरौँ, छानबिन भएपछि पैसा तिराऔँ, किन छुट दिनुपरेको छ, कसैले कसैलाई छुट दिनुपर्ने आवश्यकता छैन । कति उपयोग गरेको हो त्यसको एकिन गरेर तिराउनुपर्छ । यी आरोपहरू मिथ्या आरोपहरू हुन् ।' 

मन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको बैठकलाई असहयोग गरेको कारण बोर्ड सदस्यलाई हटाएको बताए । 'बाेर्ड मिटिङ बोलायो बोर्ड सदस्यहरू आउँदै आउनुहुन्न, आज आउनुहुन्न, अर्काे दिन बोलायो आउनुहुन्न, त्यस्ता बाेर्ड सदस्यहरू किन ख्नुपर्यो,' उनले भने । 

उनले पत्रपत्रिकामा आएका भरमा मिथ्या समाचार सूनेका भरमा सम्मानित नेताहरूले यस्ता अभिव्यक्ति दिँदै गर्दा सांसद र संसदको गरिमा पनि नरहने बताए । तथ्यपरक अभिव्यक्ति दिन उनले नेताहरूलाई आग्रह गरे । सत्य-तथ्य भए स्वीकार गर्न पनि सहज हुने उनले बताए । 

ऊर्जा मन्त्री खड्काले आरोपको सत्य-तथ्य भए प्रमाण लिएर आउन चुनौती दिँदै आधार प्रमाणित भए सामना गर्न र कारबाही भोग्न आफू तयार रहेको स्पष्ट पारे । उनले ऊर्जा क्षेत्रमार्फत राष्ट्र निर्माणमा सबैको सकारात्मक अपेक्षा समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३