विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)ले जलसरोकार डटकमका प्रधानसम्पादक विकास थापालाई सम्मान गरेको छ । इपानले २४औं वार्षिकत्सवको अवसरमा वरिष्ठ ऊर्जा तथा जलस्रोत पत्रकार थापालाई सम्मान गरेको हो ।

बिहीबार काठमाडौँमा आयोजित वार्षिकत्सव समारोहमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले थापालाई सम्मान गरेका हुन् । थापाले झण्डै तीन दशक लामो पत्रकारीतामार्फत ऊर्जा तथा जलस्रोत क्षेत्रमा गरेको महत्वपूर्ण योगदानको कदर स्वरुप इपानले सम्मान गरेको हो ।

करिब २ दशकअघि कान्तिपुर दैनिकबाट पत्रकारीता सुरु गरेका थापा अहिले जलसरोकार डटकमका प्रधान सम्पादक हुन् । उनले कान्तिपुर दैनिकमा डेढ दशक पत्रकारीता गरेका थिए । कान्तिपुर, अन्नपूर्ण पोष्ट दैनिक, इ–कागज हुँदै उनी हाल जलसरोकार डटकममा सम्पादकीय समूहको नेतृत्व गरिरहेका छन् । जल तथा ऊर्जा क्षेत्रका विषयवस्तु समेटेर उनले ‘नेपालमा जलविद्युत’ नामको पुस्तक समेत प्रकाशित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३