विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दैलेखमा ३ एमभिए क्षमताको ३३/११ केभी राकम सबस्टेसन सञ्चालनमा ल्याएको छ । दैलेखमा सञ्चालनमा आएको यो तेस्रो सबस्टेसन हो । यसअघि सदरमुकाम दैलेख बजारमा ८ एमभिए र दुल्लु नगरपालिकामा ३ एमभिएको सबस्टेसन सञ्चालनमा थिए ।

प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शशीभूषण साह, कर्णाली प्रादेशिक कार्यालयका प्राविधिक प्रमुख (सहायक प्रबन्धक) बिमलप्रसाद साह, दैलेख वितरण केन्द्रका प्रमुख टंकराज गिरि र ठेकेदार कम्पनी एमएसआइपिएल–इएनपिएल जेभीका प्रमुख अरुणकुमार साहले गत मंसिर २५ गते उक्त सबस्टेसनको उद्घाटन गरेका हुन् ।

सबस्टेसन सञ्चालनमा आएपछि ६ हजार १३३ घरधुरी रहेको आठबिसकोट नगरपालिका, ३ हजार ८४० घरधुरीको ठाटिकाध गाउँपालिकाका र चामुन्डा बिन्द्रासैनी नगरपालिकाकाे ५ नम्बर वडामा विद्युत‌्‌को गुणस्तरमा सुधार हुने प्राविधिक प्रमुख साहले बताए । साथै कालीकाेटतर्फ लगिने ३३ केभी प्रसारण लाइनको भोल्टेज तथा विद्युत् आपूर्तिको गुणस्तरमा गुणस्तर सुधार हुने कर्णाली प्रादेशिक कार्यालयका प्राविधिक प्रमुख साहले बताए ।

हाल यस सबस्टेसनमा जोड्ने गरी जलविद्युत् आयोजनाको निर्माण नभए पनि भविष्यमा यस क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली समेत यो सबस्टेसनमा जोड्न सकिने उनको भनाइ छ ।

महावीरश्री इन्टरनेसनल प्रालि र इनर्जेटिक नेपाल प्रालिको संयुक्त उपक्रम (जेभी) एमएसआइपिएल–इएनपिएल कम्पनीले उक्त सबस्टेसनका लागि सामान आपूर्ति, जडान, परीक्षण तथा सञ्चालनमा ल्याउने ठेक्का पाएको थियो । करिब साढे ११ करोड रुपैयाँमा उक्त सबस्टेसन निर्माणका लागि २०८० जेठ ३ गते ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार डेढ वर्ष (१८ महिना) भित्र सबस्टेसन निर्माण सक्नुपर्नेमा भौगोलिक विकटता, पहुँच मार्ग निर्माणमा ढिलाइ जस्ता कारणले आयोजनाको निर्माण करिब १ वर्ष लम्बिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३