विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको युनिभर्सल पावर कम्पनी लिमिटेडले ६ करोड रुपैया खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० काे पहिलाे त्रैमासमा सो मुनाफा आर्जन गरेको हो । 

कम्पनीले साउनदेखि असोजसम्मको अवधिमा ६ करोड ४ लाख ५० हजार ५ सय १७ रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा बढेको हो । गत वर्ष १ करोड २४ लाख ८४ हजार १ सय ९० रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले यो अवधिमा जलविद्युत केन्द्रको विद्युत बिक्री गरी तथा अन्य स्रोतबाट १२ करोड ४८ लाख ६१ हजार ६ सय ४० रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष १३ करोड ६३ लाख ९८ हजार ८ सय ६४ रुपैयाँ आम्दानी गरेको थियो । यो आयोजनाले २०७६ पौष देखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

यस्तै, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले १ लाख ८३ हजार ५ सय ४६ रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको तुलना बढेको विवरणमा उल्लेख छ । गत वर्ष यो समयमअवधिमा ४५ हजार १ सय ६१ रुपैयाा मात्र नाफा कमाएको थियो ।

कम्पनीले याे अवधिमा कुल आम्दानी ३ लाख २५ हजार १ सय २१ रुपैयाँ गरेको छ । कम्पनीको आम्दानी गत वर्षको तुलनामा घटेको हो । गत वर्ष ९ लाख २८ हजार ७ सय ३६ रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीले रुकुम (पूर्व)  जिल्लाको भुमे र सिस्ने गाउँपालिकामा ५ मेगावाटको रुकुम गाढ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाबाट आगामी ३ महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

यस्तै,  लमजुङको दोर्दी गाउँपालिकमा १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले ७९ हजार ६ सय ४६ रुपैया नाफा कमाएको छ । कम्पनीको नफा गत वर्षको तुलनामा घटेको हो ।  गत वर्ष ४ लाख ८८ हजार ५ सय ७२ हजार रुपैयाँ नाफा कमाएको थियो । 

गत वर्षको तुलनामा कम्पनीको कुल आम्दानी घटेको छ । यो समय अवधिमा कम्पनीले १ लाख ८३ हजार ४ सय ८९ रुपैयाँ आम्दानी गरेको छ भने गत वर्ष १० लाख ४८ हजार १ सय ६५ रुपैयाँ आम्दानी गरेको छ । 

कम्पनीको लमजुङ जिल्लाको दोर्दी गाउँपालिका १२ मेगावाटको दोर्दी–१ जलविद्युत अयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७९ असोज १७ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit