विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनाबाट आगामी भदौभित्र विद्युत् उत्पादन शुरू हुने भएको छ । आयोजनाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) को प्रगति विवरण अनुसार आयोजनाको समग्र प्रगति झण्डै ८० प्रतिशत पुगेको छ । 

आयोजनाको प्रगति विवरण तयार गर्दासम्म अर्थात् असोज मसान्तसम्म सिभिल संरचना निर्माण कार्य ८० प्रतिशत पूरा भएको छ । त्यस्तै, इलेक्ट्रो मेकानिकल निर्माण तथा जडान कार्य करिब ७७ प्रतिशत, हाइड्रो मेकानिकल कार्य करिब ७९ प्रतिशत, प्रसारण लाइन तथा आन्तरिक जडान कार्य झण्डै ६० प्रतिशत सकिएको छ । 

त्यस्तै, जग्गा धिग्रहण, मुआब्जा वितरण तथा विकास कार्य ८५ प्रतिशत पूरा भएको छ । कन्स्ट्रक्सन डिजाइन, नक्सा तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य करिब ९८ प्रतिशत पूरा भएको छ । आयोजनाको आवसीय सुविधा तथा कार्यालयनका लागि भवन निर्माण कार्य शतप्रतिशत पूरा भइसकेको छ । अस्थायी तथा स्थायी पूर्वाधार संरचना विकासका कार्य करिब ८७ प्रतिशत पूरा भएको छ । वातावरणीय क्षतिको परिपूरण तथा संस्थागत सामाजिक उत्तरदायित्व बहनका कार्यहरू ६० प्रतिशत पूरा भइसकेको आयोजनाको प्रगति विवरणमा उल्लेख गरिएको छ । 

हालसम्म के के भए काम ?

प्रगति विवरण अनुसार आयोजनाले वातावरणीय क्षतिबापत गर्नुपर्ने वातावरणीय परिपूरणको कार्य अन्तर्गत रामेछापको लाहाछेवार क्षेत्रमा ७ हजार विरुवा रोप्ने कार्य सम्पन्न गरेको छ । त्यस्तै, आयोजना क्षेत्र तथा प्रसारण लाइनमा पर्ने जग्गा अधिग्रहण तथा मार्गाधिकार लिइएका ठाउँको मुआक्जा वितरण कार्य शुरू गरिसकेको छ ।

यस मौसमका लागि चल्न सक्ने गरी आयोजनाको पहुँच मार्ग मर्मत गर्ने कार्य सम्पन्न भइसकेको छ । देउरालीदेखि धोखर्पासम्मको सडक स्थानीय निकायको समन्वयमा सम्पन्न गरिएको छ ।

आयोजनाको सिभिल निर्माण कार्यअन्तर्गत कुल ७४५० मिटरमध्ये ६५७ मिटर सुरुङ खनिसकिएको छ । आयोजनाको बाँध संरचनामा जडान गर्नुपर्ने १६ मध्ये १४ वटा ढोका (गेट) जडान गरिसकेको छ । हेडरेस पाइन जडानको ९७ प्रतिशत काम सकिएको छ । विद्युत्गृहको निर्माण पूरा भइसकेको छ भने यसमा दोस्रो चरणको कङ्क्रिटिङ कार्य बाँकी छ । विद्युत् नियन्त्रण भवन तथा स्वीचयार्ड निर्माण पूरा भइसकेको छ । आयोजनाको विद्युत् गृहमा रहेन तीन वटै उत्पादन युनिटका लागि आवश्यक जेनेरेटरलगायत उपकरण आयात पूरा भइसकेको छ ।

हाइड्रो मेकानिकल निर्माण कार्यअन्तर्गत ६३ प्रतित पाइपको जडान सकिएको छ । पेनस्टक जडान ५९ प्रतिश्त, भर्टिकल साफ्ट, १२ प्रतिशत, हारिजेन्टल साफ्ट २३ प्रतिशत, शाखा पाइपहरुको जडान ६९ प्रतिशत पूरा भइसकेको छ । प्रसारण लाइनतर्फ ९८ प्रतित टावर सामग्री आयोजना क्षेत्रमा आपूर्ति भइसकेको छ । ४६ प्रतिशत टावरको फाउन्डेशन निर्माण पूरा भएको छ । ६ प्रतिशत टावर निर्माण तथा जडान कार्य सकिएको छ ।

लक्ष्य २०८२ भदाै

२०८१ भदौभित्र व्यावासयिक विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यका साथ २०७८ असोज १२ गतेदेखि निर्माणमा गएको आयोजना विभिन्न व्यापारिब विद्युत् उत्पादन गर्ने मिति एक वर्ष पछि धकेलिएको हो । अबको १० महिनाभित्र आयोजनाको सम्पूर्ण संरचनाको निर्माण तथा जडान सकेर बत्ती बालिने प्रवद्र्धक भिजन इनर्जी एन्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष टीएन आचार्यले बताए । 

‘आयोजनाबाट आउँदो भदौभित्र बत्ती बाल्ने योजनाका साथ काम भइरहेको छ,’ उनले भने, ‘यसमा स्थानीयबासीको पनि पूर्ण साथ र सहयोग प्राप्त भइरहेको छ ।’ गत असोज ११ र १२ गते आएको बाढीपहिरोले पनि आयोजनाको पहुँचमार्ग, इन्टेरनेट सेवाका संरचना तथा विद्युत् आपूर्तिका संरचनामा आंशिक क्षति गरेको भए पनि मुख्य संरचनामा कुनै क्षति पुगेको थिएन । हाल आयोजनाको निर्माण कार्य धमाधम अघि बढिरहेको उनले बताए । 

नुप्चे र लिखु खोलामा अलग–अलग बाँध निर्माण गरी दुई वटा सुरुङ खनेर ल्याइएको पानी एकै विन्दुमा मिसाई विद्युत् उत्पादन गर्ने गरी आयोजनाको डिजाइन गरिएको छ । उच्च हिमाली क्षेत्रमा निर्माणाधीन आयोजनाको बाँध समुद्र सतहदेखि ३३४० मिटर उचाइमा र विद्युत्गृह करिब २६०० मिटरमा निर्माण भइरहेको छ ।

हिमाल पानीको स्रोत भएकाले आयोजनाबाट वार्षिक ३८१ गिगावाट प्रतिघन्टा ऊर्जा (३८ करोड १० लाख युनिट) उत्पादन हुने अध्ययनले देखाएको छ । क्यू–४५ मा डिजाइन गरिएको यो आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् विद्युत्‌गृहदेखि २४ किलोमिटर दूरीको गर्जाङ सबस्टेसनमा जोडिने छ ।

१० अर्ब ५७ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ । नुप्चे–लिखुमा माछापुच्छ्रे बैंकको नेतृत्व तथा हिमालयन बैंकको सह–नेतृत्वमा बैंक अफ काठमाडौँ, राष्ट्रिय वाणिज्य, कुमारी, कृषि विकास, एनसीसी लगायत ९ बैंकले लगानी गरेका छन् ।

आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । निजी क्षेत्रले निर्माण गर्ने आयोजनामा सरकारी कम्पनीले स्वपुँजी लगानी गरेको यो पहिलो आयोजना पनि हो ।  

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३