विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सान्जेन हाइड्रो पावर कम्पनीका प्रभावित स्थानीयले सेयर निष्कासन प्रक्रिया रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । स्थानीयले रसुवामा निर्माणाधीन दुई जलविद्यत आयोजना प्रभावितका लागि निष्कासन तयारी गरिएको सेयर निष्कासन प्रक्रिया केही सयम रोक्न माग गरेका हुन् ।

रसुवागढी हाइड्रो पावर कम्पनीले पनि गत असार १३ गतेदेखि सेयर निष्कासन अनुमति पाएकोले एकै पटक दुई कम्पनीको सेयर निष्कासन गर्दा आर्थिक अभावका कारण सेयर आवेदन दिन नसकिने भन्दै स्थानीयले ज्ञापन पत्र बुझाएकाे कम्पनीका लेखा अधिकृत अच्युत अर्यालले बताए । उनका अनुसार स्थानीयले रसुवागढीको सेयर निष्कासन गरी बाँडफाँड भएपश्चात सान्जेनको सेयर निष्कासन गर्न माग गरेका छन् ।

स्थानीयले कम्पनीलाई शुक्रबार ज्ञापन पत्र बुझाएको थियो । कोभिडका कारण दुई कम्पनीको एकैपटक सेयर खरिद गर्नका लागि रकम अभाव हुने भन्दै स्थानीयले ज्ञापन पत्र बुझाएका हुन् ।

कोरोना महामारीका कारण सेयर भर्नका लागि स्थानीयसँग रकम नभएको र बैंकले पनि ऋण नदिने हुँदा समस्या सिर्जना भएको स्थानीयको भनाई छ । ‘दुवै कम्पनीले एउटै समयमा सेयर निष्कासन गर्नु भनेको स्थानीयलाई यो जलविद्युत कम्पनीको सेयरबाट बञ्चित गराउन खोजिएको हो’ ज्ञापनपत्रमा भनिएको छ ।

नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि सेयर बिक्री गर्न लागेको छ । जिल्लाबासीका लागि सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम सिटिजन इभेसमेन्ट ट्रस्टले गर्नेछ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो । कम्पनीले रसुवाको आमाछोदिङ्मो–५, चिलिमेमा १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावटको सान्जेन जलविद्युत् आयोजना निमाण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३