विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले चैत २८ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको १२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजारको १० प्रतिशत अर्थात १६ लाख ९ हजार ४ सय ५८ कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६ सय रकम बरारबको सय रुपैयाँ अंकित ५ लाख ३६ हजार ४ सय ८६ कित्ता सेयर प्रभावित स्थानीयका लागि बाँडफाँठ गरिएको, जारी पूँजीको २० प्रतिशत अर्थात सय रुपैयाँ अंकित १० लाख ७२ हजार ९ सय ७२ कित्ता साधारण सेयरको १० प्रतिशत हुन आउने अर्थात सय रुपैयाँ अंकित १ लाख ७ हजार २ सय ९८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन  गरिएको तथा कम्पनीको कर्मचारीका लागि सुरक्षित गरिएको सेयर समेत बाँडफाँड गरी सर्वसाधारणमा निष्कासन हुने ५ प्रतिशत अर्थात ६८ हजार १७ कित्ता सेयर  सामूहिक लागनी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ७१ हजार ८ सय ६१ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।  

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतक १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा बैशाख ३ गतेसम्म र ढिलोमा १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दैलेखमा ४.८ मेगावाटको पदम खोला स्मल जलविद्युत आयोजना सञ्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit