काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबार (असोज १ गते) सबै आय संकलन काउन्टर बन्द गर्ने भएको छ । प्राधिकरणले विश्वकर्मा पूजा परेको हुनाले सबै आय संकलन केन्द्र बन्द गर्न लागेको हो ।
नो लाइट, सबस्टेसन वा अत्यावश्यक कार्यबाहेक सम्पूर्ण प्रशासनिक सेवा र आय संकलन काउन्टर बन्द गर्न लागिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ । अनलाइनबाट हुने विद्युत महसुल भुक्तानी सेवा भने बन्द हुने छैन ।
देशभरका वितरण केन्द्रका अत्यावश्यक बाहेक सबै विद्युत महसुल संकलन काउन्टर दिनभरी बन्द रहनेछ ।