विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजना ६० प्रतिशत पूरा भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको गोल्जुङदेखि नुवाकोटको किस्पाङस्थित त्रिशुली थ्री ‘बी’ हब सबस्टेसनसम्म निर्माण हुने प्रसारण लाइन पुसदेखि सञ्चालनमा ल्याउने तयारी छ ।

लाइनको २५ वटा जग (फाउन्डेसन) तयार भइसकेको आयोजना संयोजक थर्कबहादुर थापाले बताए । उनका अनुसार २७ किलोमिटर लामो लाइनमा ७९ वटा टावर रहने छन् । प्रसारण लाइनको टावरका उपकरण आयोजना स्थलमा आउन थालिसकेकाले अब ठड्याउन सुरु गरिनेछ ।

‘निर्माणाधीन सान्जेन र रसुवागढीको विद्युत उत्पादन सुरु हुन अगाडी नै लाइन सम्पन्न गर्ने लक्ष्य छ’ उनले ऊर्जाखबरसँग भने, ‘लाइनको काम अबको ९ महिनाभित्र सम्पन्न गरी सञ्चालन गरिनेछ ।’ सान्जेन र रसुवागढीको विद्युत फागुनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।

भौगोलिक विकटता, स्थानीय अवरोध, डिजाइ निर्माणमा भएको ढिलाइ तथा पछिल्लो समय कोरोना (कोभिड–१९) महामारीका कारण कामले लक्ष्यअनुसार गति लिन नसक्दा लाइन ढिला भएको थापाले बताए ।

 कोरोना महामारीका कारण कामदार अभावमा लामो समय प्रभावित प्रसारण लाइन निर्माणले विस्तारै गति लिन सुरु गरेको छ । कोरोना महामारी रोक्न गरिएको लकडाउन र निशेधाज्ञाले रोकिएको निर्माणले गति लिँदै गएको छ ।

गोल्जुङदेखि मैलुङसम्म २२० केभी ‘डबल सर्किट’ र मैलुङदेखि त्रिशूली थ्री ‘बी’ को हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुनेछ । लाइन अन्तर्गत निर्माण हुने सबस्टेसनको पनि ७० प्रतिशत काम सकिएको छ । सबस्टेसनमा जडान हुने उपकरण आयोजनास्थलमा आउँदै छ ।

आयोजना पूरा गर्न १ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको छ  । प्रसारण लाइन र सब–स्टेसन निर्माणका लागि नेपाल सरकार, जर्मन सहयोग नियोग केएफडब्लुको अनुदान तथा युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋण लगानी छ ।

प्रसारण लाइन निर्माणका लागि चिनियाँ ठेकेदार पिङ्गाओ ग्रुप लिमिटेड र परमर्शदाताको रुपमा पावर ग्रिड इन्डियाले काम गरिरहेका छन् । प्रसारण लाइनअन्तर्गत नै चिलिमे हब सबस्टेसन पनि निर्माण हुँदैछ ।

यो प्रसारण लाइन पूरा भएपछि निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी,  ५७.३ मेगावाटका सान्जेन आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१, १ सय २० मेगावाटको रसुवा भोटेकोसी, ७८ मेगावाटको सान्जेन खोला, २० मेगावाटको लाङटाङखोला, १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला,  ६.४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत लगायतका आयोजना पनि यही प्रसारण लाइनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३