विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कार्यरत सय जना कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले आइतबार (मंसिर २१ गते) प्रबन्धक (१० तह) देखि सहायक इन्जिनियर (६ तह) सम्मका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो ।

सरुवा हुने प्रबन्धकमा प्रणाली योजना विभागका प्रकाशनारायण सिंह राजपुत, कोहलपुर–नेपालगञ्ज र पथलैया–हरनिया १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख राजु श्रेष्ठ र हेटौंडा ग्रिड शाखा प्रमुख विक्रामकुमार अमात्य छन् । राजपुतलाई इलेक्ट्रोमेकानिकल डिजाइन महाशाखामा, श्रेष्ठलाई हेटौंडा ग्रिड शाखामा र अमात्यलाई प्रणाली योजना विभागमा सरुवा गरिएको प्राधिकरण कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सरुवा हुनेमा १६ जना उप–प्रबन्धक (९ तह) छन् । सरुवा हुने उप–प्रबन्धकमा अमलेखगन्ज कंक्रिट पोल प्लान्टका परमार धीरसेन टंकीसिनवारी तथा लम्की कंक्रिट पोल आयोजनामा सरुवा भएका छन् । 

कुलेखानी दोस्रो जलविद्युत केन्द्रका आभाष ओझा मोदी खोला जलविद्युत केन्द्रमा, गण्डक जलविद्युत केन्द्रका कपिलदेव मानजन सुनकोसी जलविद्युत केन्द्रमा तथा सुनकोसी जलविद्युत केन्द्रका गिरबहादुर केसी प्राविधिक लेखा परीक्षण महाशाखा आन्तरिक लेखा परीक्षण विभागमा सरुवा भएका छन् । 

यसैगरी, प्राविधिक महाशाखा, तालिमकेन्द्रका तारादत्त भट्ट कुलेखानी दोस्रो जलविद्युत केन्द्रमा, मोदीखोला जलविद्युत केन्द्रका पवन बस्नेत प्राविधिक महाशाखा तालिम केन्द्रमा एवं पुवाखोला जलविद्युत केन्द्रका प्रल्हाद राउत इलेक्ट्रोमेकानिकल डिजाइन महाशाखामा सरुवा भएका छन् । मल्टी फ्युल पावर प्लान्ट दुहबीका सुनिलकुमार चतुर्वेदी गण्डक जलविद्युत केन्द्रमा, बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाका ऋषिकुमार नरनवाल पोखरा वितरण केन्द्रमा, गुलरिया वितरण केन्द्रका परितोषकुमार चौधरीलाई पनि पोखरा वितरण केन्द्रमा सरुवा गरिएको छ ।

ट्रान्सफर्मर शाखाका मनोजकुमार यादव वितरण तथा ग्राहक सेवा निर्देशनालयमा, इटहरी वितरण केन्द्रका मिथिलेशकुमार गोहीवार विराटनगर वितरण केन्द्रमा, विराटनगर वितरण केन्द्रका राजीवकुमार सिंह भरतपुर वितरण केन्द्रमा सरुवा भएका छन् । सिन्धुली वितरण केन्द्रका विनोदकुमार यादव मलंगवा वितरणमा, नुवाकोट वितरण केन्द्रका सन्तोष कुमार बानेश्वर वितरण केन्द्रमा, पोखरा वितरण केन्द्रका सुरेन्द्रकुमार साह इटहरी वितरण केन्द्रमा सरुवा गरिएको छ ।

आइतबार नै ८ तह (सहायक प्रबन्धक) ३६ कर्मचारीको सरुवा गरिएको छ । ७ तह (इन्जिनियर) सबैभन्दा बढी ४४ कर्मचारी सरुवा भएको महाशाखाले जानकारी दिएको छ । ६ तह (सहायक इन्जिनियर) का टंकनाथ पौडेल मात्रै सरुवा भएका छन् । उनलाई उत्पादन विभागबाट सुन्दरीजल जलविद्युत केन्द्रमा सरुवा गरिएको छ ।

एउटै कार्यालयमा २ वर्ष अवधि पूरा गरेका कर्मचारीको विधि र प्रक्रियाअनुसार सरुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गएको मंसिर ९ गते पनि ३ सय बढी कर्मचारीको सरुवा गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit