विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीबाट पीडितहरूको राहत तथा नदीको तटवन्धका लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढी प्रभावित क्षेत्र सिपाघाट, भीमटार, बाहुनेपाटी, मेलम्ची बजार तथा हेलम्बुको वैशाख २९ गते स्थलगत अवलोकन गरेका थिए । अवलोकनबाट फर्किए लगत्तै मन्त्री खड्काको निर्देशनमा वर्षायाम सुरु हुनुअगावै काम गर्नका लागि १६ करोड रकम बराबरको व्यवस्था गरी तत्काल ठेक्का खोल्न निर्देशन दिएका हुन् ।

सिँचाइ विभागका उपमहानिर्देशक सन्तोष कैनीले बाढी प्रभावित क्षेत्रमा तत्काल काम गर्न प्राप्त भएको निर्देशन अनुसार केही दिनभित्रै १६ करोडको ठेक्का खोल्ने र कामको गति बढाउने बताए । 

सिन्धुपाल्चोक प्रतिनिधि सभा २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतको आग्रहमा बाढी प्रभावित क्षेत्रको स्थलगत क्षेत्रमा मन्त्री खड्कासहित राज्यमन्त्री खमबहादुर गर्वुजा, सिँचाइ सचिव सरिता दवाडी, सिँचाइ विभागका महानिर्देशक सञ्जिव बराल, उपमहानिर्देशक सन्तोष कैनी लगायतको टोली उक्त क्षेत्रको अवलोकनमा पुगेका थिए । 

२०७८ असार १ मा गएको विनाशकारी बाढीपछि मेलम्ची र हेलम्बु क्षेत्र मुख्य प्रताडित बनेको थियो भने बाढीले सिपाघाटसम्म क्षति पु¥याएको थियो ।मेलम्चीको बाढीले तिम्बु बजार, किउल बजार, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्ची बजार नराम्ररी क्षति भएको थियो । हजारौँ रोपनी जग्गा बगाएको थियो । अर्बौँको धनजनको क्षति भए पनि सरकारले पर्याप्त ध्यान नदिदाँ बाढी प्रभावित क्षेत्रको विकासमा खासै काम हुन सकेको थिएन ।

सरकारका प्रधानमन्त्री, खानेपानी मन्त्रीदेखि भौतिक मन्त्रीहरू पटक पटक मेलम्ची पुगे पनि कुनै काम हुन सकेको थिएन ।  पहिलो पटक स्थलगत अवलोकनमा पुगेका खड्काले बिजुली गतिमा काम गर्न निर्देशन दिँदै तत्काल वर्षायामबाट हुने क्षति रोक्न तत्काल १६ करोड बराबरको ठेक्का लगाएर काम गर्न निर्देशन दिएपछि काम अघि बढ्न लागेकाे हाे । 

सांसद बस्नेतले मन्त्री खड्कालाई उक्त कार्यका लागि सिन्धुपाल्चोकवासीको तर्फबाट धन्यवाद समेत दिएका छन् ।  राहत पाइने र तटबन्धको काम हुने भएपछि यस क्षेत्रका स्थानीयले समेत खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३