विद्युत अपडेट

  • प्राधिकरण : ९५१० मे.वा.घन्टा
  • सहायक कम्पनी : १५७५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५०९३ मे.वा.घन्टा
  • आयात : १६ मे.वा.घन्टा
  • निर्यात : १९००४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७०३७३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०३९ मे.वा.
२०८३ साउन २, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले देशका विभिन्न नगर क्षेत्रहरूमा फोहोरबाट ऊर्जामा आधारित परियोजना विकासका लागि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूसँग आशयपत्र माग गरेको छ । केन्द्रले जलवायु हरित जलवायु कोष (जीसीएफ) मा पेश गर्न पूर्ण प्रस्ताव तयार गरिरहेकाले साेही अन्तर्रगत सहयाेग प्राप्त गर्न इच्छुक स्थानीय तहहरूबाट आशयपत्र आह्वान गरेको हो ।

केन्द्रले सन् २०१४ देखि नै नेपाल सरकार र विश्व बैंकको सहयोगमा फोहोरबाट ऊर्जा परियोजनासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत हालसम्म देशभर करिब २० वटा ठूला क्षमताका व्यावसायिक एवं नगरपालिका स्तरका फोहोरमा आधारित ऊर्जा परियोजनाहरू निर्माण भइसकेका छन् । यसै अभियानलाई थप विस्तार गर्दै आगामी दिनमा छनोट हुने नगर क्षेत्रहरूमा ठूला बायोग्यास र रिफ्युज डिराइभ्ड फ्युल (आरडिएफ) जस्ता आधुनिक प्रविधि भित्र्याएर दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउने योजना रहेकको केन्द्रले जनाएकाे छ ।

प्रस्तावित आयोजनाबाट सहयोग प्राप्त गर्न इच्छुक र उपयुक्त प्रविधि जडान गर्न चाहने स्थानीय तहले २०८३ साल साउन ३१ गतेसम्ममा कार्यालय समयभित्र केन्द्रको ताहाचलस्थित कार्यालय वा आधिकारिक इमेल ठेगानामा आशयपत्र पेश गरिसक्नुपर्ने छ । साथै, यसअघि नै यस्तो आशयपत्र बुझाइसकेका स्थानीय तहहरूले समेत यो नयाँ सूचना बमोजिम पुनः आशयपत्र पेश गर्नुपर्ने केन्द्रले स्पष्ट जनाकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३