विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखास्थित २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

नेपाल विद्युत प्राधिकरणले विद्युत प्रवाह हुने १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन बिहीबारदेखि सञ्चालन गरेपछि आयोजनाबाट शुक्रबारदेखि विद्युत उत्पादन सुरु गरिएको प्रवर्द्धक सिंगटी हाइड्रो इनर्जी कम्पनीका सञ्चालक बटु लामिछानेले बताए ।

अहिले आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको उनले बताए । ‘सुरुवातमा साढे ६ मेगावाटमा आयोजना सञ्चालन गर्यों,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यसपछि क्षमता बढाएर साढे १२ मेगावाटका सञ्चालन गर्यों । शनिबार बिहानदेखि २५ मेगावाट नै प्रणालीमा जोडिएको छ ।’ उनले विद्युत प्राधिकरणको प्राविधिक टोली आयोजना स्थल पुगेर परीक्षण उत्पादन सुरु गरेको बताए ।

आयोजनाले उत्पादन गरेको विद्युत १३२ केभी सिंगटी सबस्टेसनमा जोडिएको छ । आयोजनाले १५ दिनसम्म परीक्षण उत्पादन गरी विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिनेछ । २ साताको परीक्षणपछि आयोजनाबाट साउन दोस्रो सातादेखि व्यापारिक उत्पादन सुरु गरिनेछ ।

डेढ वर्षमा विद्युत बिक्रीबाट हुने करिब १ अर्ब रुपैयाँ आम्दानी गुमेपछि आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोड्न सफल भएको उनले बताए । प्रसारण लाइन निर्माणमा देखिएको अवरोध तथा समस्या समाधानका लागि आयोजनाको प्रवर्द्धक कम्पनीले पनि प्राधिकरणलाई सहयोग गरेको थियो ।

विद्युत प्रसारण प्रणालीमा जोडिएपछि आयोजनाले वार्षिक ७० करोड रुपैयाँ आम्दानी गर्नेछ । आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन १२ वर्षमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हाे । ठेकेदारकाे असक्षमता, स्थानीय अवराेधलगायत विविध कारणले प्रसारण लाइन सम्पन्न हुन दशक बढी समय लागेकाे हाे ।

निर्माण सुरु भएदेखि नै विवाद, झमेला एवं अनेक समस्या झेल्दै प्रसारण लाइन सम्पन्न भई सञ्चालनमा आएको हो । सिंगटीसँगै यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत जोडिने संरचना तयार भएको छ । सिंगटीपछि ११ मेगावाटकाे खारेखाेला जलविद्युत आयोजना पनि विद्युत उत्पादन सुरु गर्न तयारी अवस्थामा छ । आयोजनाकाे निर्माण सम्पन्न भइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit