विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुन्दर यातायात प्रालिले १५ वटा विद्युतीय सवारी ल्याउने भएको छ । कम्पनीले देशको विद्युत खपत बढाई बढ्दो वातावरण प्रदुषण नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्य राखी यसो गर्न लागेको हो ।

नेपाल विद्युत प्राधिकरणले ठाउँ–ठाउँमा चार्जिङ स्टेसनको निर्माण सुरु गरेकाले पनि विद्युतीय सवारी ल्याउन लागेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । उनका अनुसार ९ वटा विद्युतीय बस र ६ वटा (४ पाङग्रे साना सवारी) हाइस ल्याउन लागिएको छ ।

‘चीनको बिएके कम्पनीले विद्युतीय बस नेपाल पठाउन सिपिङ कम्पनीलाई जिम्मा दिइसकेको छ’ उनले बिहीबार ऊर्जा खबरसँग भने, ‘सिपिङ कम्पनीले बस ल्याइरहँदा कोरोना महामारी कारण रोकिएको छ, अब लकडाउन खुल्ने बित्तीकै बस ल्याएर सञ्चालन गरिनेछ ।’ यस्तै, हाइस भने लकडाउन खुल्ने लगतै चाइनिज कम्पनीले सिपिङ कम्पनीलाई जिम्मा दिने उनले बताए ।

सरकारले विद्युुतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले २५ वटा विद्युतीय बस खरिद गर्न चीनको बिएके कम्पनीसँग सम्झौता गरेको थियो । जसमध्ये पहिलो चरणमा ९ वटा बस ल्याउन लागिएको छ ।

प्रतिबस १ करोड ७२ लाख रुपैयाँ पर्ने बसहरू ९.५ मिटर लामा र ४० सिट क्षमताका हुनेछन् । यी बसहरू लामो दूरीमा सञ्चालन गर्ने कम्पनीको योजना छ । हाइस भने नारायणथानबाट भित्री मार्ग हुँदै सातदोबाटो पुर्याउने र बालाजुको बाइपासबाट भक्तपुरसम्म चलाउने योजना छ । लकडाउन खुलेको डेढ महिनाभित्र काठमाडौंका विभिन्न रूटमा विद्युतीय सवारी सञ्चालन गरिने थापाले बताए ।

कम्पनीले यसअघि ७ वटा विद्युतीय बस र ४ वटा हाइस ल्याएर सञ्चालन गरिरहेको छ । ४ वटा बस चक्रपथ र एउटा सूर्यविनायक–रत्नपार्क रुटमा सञ्चालन गरिरहेको छ । हाइस २ वटा बौद्धदेखि रत्नपार्क रुटमा र २ वटा चक्रपथमा सञ्चालन गर्न परीक्षण भइरहेको छ ।

सुन्दर यातायातले विद्युतीय सवारी चार्ज गर्न विभिन्न स्थानमा आफै चार्जिङ स्टेसन राखेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा विद्युतीय सवारीमा अन्तःशुल्क खारेज र कर छुट गरेपछि यातायात व्यवसायी आकर्षित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३