विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । टाटा मोटर्सको पन्च ईभी (विद्युतीय सवारी) एकै पटक चार शहरबाट बिक्री वितरण शुरू गरिएको छ । चितवन, पोखरा, बुटवल र भैरहवामा एकै दिन ती सवारी बिक्री वितरण थालिएको हो ।

धेरैको प्रतीक्षा र प्राथमिकतामा परेका विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी यी चारवटै शहरमा सञ्चालनमा ल्याइएको सिप्रदी मोटर्सले जानकारी दिएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापतिले ती ईभी सञ्चालनको शुभारम्भ गरेको पनि जनाइएको छ ।

पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च ईभीको नेपालभर उच्च माग र बुकिङ भइरहेको बताए । ‘पोखरामा पन्च गाडीको बिक्रीसँगै ईभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको छ,’ उनले भने ।

भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजङ सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठको उपस्थिति थियो । यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपाने सहभागी रहेको जनाइएको छ ।

भैरहवा–बुटवलको कार्यक्रममा बोल्दै सीओओ गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए । कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो । गाडीको साँचो हातमा लिँदै कतिपय ग्राहकले टाटाको पन्च ईभी चढ्न पाउँदा आफूहरू उत्साहित भएको बताएका थिए ।

टाटा मोटर्सका अनुसार पन्च ईभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पन्च ईभीको भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध रहेको जनाइएको छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले द्यल्ऋब्ए मा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३