विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बेलायतले नेपालको आन्तरिक ऊर्जा खपत वृद्धि तथा विद्युत व्यापारमा सहयोग गर्न इच्छा देखाएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई भेटी यहाँको आन्तरिक विद्युत उत्पादन बढ्दै गएकाले त्यसको खपत बढाउन तथा विद्युत व्यपारमा सहयोग पुर्याउन सहकार्य गर्न तयार रहेको बताएकी हुन् । 

उनले आन्तरिक विद्युत खपत तथा विद्युत व्यापारमा सहयोग गर्न ऊर्जा मन्त्रालय मातहतका निकायसँगको सहकार्यलाई थप विस्तार गरेर जाने प्रतिबद्धता समेत जनाइन् । उनले नवीकरणीय ऊर्जा उत्पादनमा पनि बेलायत सरकार सहजिकरणका लागि तयार रहेको बताइन् ।

भेटमा मन्त्री भुसालले नेपालका उच्च प्राथमिकतामा स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, इ–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टूरिजम प्रवद्र्धन रहेको बताइन् । उनले नेपालको नवीकरणीय ऊर्जा तथा वातावरण व्यवस्थापनको क्षेत्रमा बेलायत सरकारले गरिरहेको  सहयोगप्रति आभार व्यक्त गरिन् ।  

महासागरहरूका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र जलवायु परिवर्तनको असर न्युनिकरण गर्न हिमालयको महत्वपूर्ण भूमिका रहने बताउँदै भुसालले हिमाली क्षेत्रको संरक्षणका लागि अन्तराष्ट्रिय सहयोग आवश्यक पर्ने बताइन् । विद्युतको माग र आपूर्ति सन्तुलन कायम राख्न मन्त्रालयले जलाशय जलविद्युत आयोजनाको निर्माणलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाएको बताइन् ।

उनले बुढीगण्डी, दूधकोशी, नलगाढजस्ता जलाशय जलविद्युत आयोजना मन्त्रालयको प्राथमिकतामा रहेको जानकारी गराइन् । जलविद्युत स्वच्छ ऊर्जा भएकाले यसको प्रवर्द्धनका लागि सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिइएको पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit