काठमाडौँ । चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा ३ वटा शव फेला परेका छन् । नेपाली सेना, विदेशी उद्धारकर्मी, विज्ञसहितको संयुक्त खोज टोलीले बुधबार अपरान्ह शव फेला पारेको रसुवाका सहायक प्रमुख जिल्ला आधिकारी ध्रुवप्रसाद अधिकारीले ऊर्जा खबरलाई बताए ।
उनका अनुसार सोही स्थानमा एक मानव अङ्गसमेत देखिएकोले उत्खनन् खोज जारी राखिएको छ । फेला परेका शवलाई हाल बाहिर ल्याउने कार्य भइरहेको छ भने शवको पहिचान हुन बाँकी रहेको छ ।
भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि यस जलविद्युत् केन्द्रमा कार्यरत ६ जना कर्मचारी सम्पर्कविहीन भएका थिए ।