विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत नियमन आयोगले बाराही हाइड्रो पावर पब्लिक लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । आयोगले आज (३१ गते) आइतबार कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीकाे ५१ प्रतिशत सेयर रहेकाे सिंकाेस खाेला र कम्पनीकाे स्वामित्व रहने तल्लो ठेउले खोलाकाे निर्माणका लागि हाल कायम चुक्त पूँजीको १ः१ को अनुपातका हकप्रद सेयर निष्कासन गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीले ३.४५ मेगावाटको सिंकोस खोला जलविद्युत आयोजना र कम्पनीको स्वामित्वमा रहेको ०.७५ मेगावाटको तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजनामा लगानी गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले यी दुई आयोजनमा लगानी गर्न १ः१ को अनुपातमा सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले बाग्लुङ जिल्लाको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । निर्माण सम्पन्न आयोजनाले २०७५ असार २४ गतेदेखि निरन्तर विद्युत उत्पदन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit