काठमाडौं । बरुण हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २६ लाख ७९ हजार कित्ता हकप्रद सेयर निष्कासन अनुमति पाएको हो ।
सय रुपैयाँ अंकित २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन अनुमति पाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइबीएल एसी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीको ४.४४५ मेगावाटको हेवा खोला सञ्चालनमा छ । हेवा खाेलाले २०६८ साउन २१ गतेदेखि नियमीत विदयुत उत्पादन गरिररहेकाे छ ।