विद्युत अपडेट

  • प्राधिकरण : ९५१० मे.वा.घन्टा
  • सहायक कम्पनी : १५७५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५०९३ मे.वा.घन्टा
  • आयात : १६ मे.वा.घन्टा
  • निर्यात : १९००४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७०३७३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०३९ मे.वा.
२०८३ साउन १, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गत असार असार २८ गतेको अविरल वर्षापछि आएको बाढीका लिखु खोलाको पुल बगाउँदा ५७.५ मेगावाटको नुप्चे-लिखु जलविद्युत् आयोजनाको निर्माण प्रभावित भएको छ । भिजन इनर्जी एण्ड पावर लिमिटेडद्वारा निर्माणाधीन आयोजनास्थल जोड्ने मुख्य सडक खण्डमा पर्ने पुल बगाउँदा समस्या उत्पन्न भएको हो ।

अविरल वर्षाका कारण ठूलो बाढी आए पनि आयोजनाका मुख्य संरचनाहरू (बाँध, सुरुङ तथा विद्युत्‌गृह) मा भने कुनै क्षति नपुगेको आयोजनाका महाप्रबन्धक रमेश अधिकारीले जानकारी दिए । 'आयोजनास्थलसम्म पुग्ने एक मात्र मुख्य मार्गमा रहेको पुल बगाएकाले आवश्यक निर्माण सामग्री, इन्धन र उपकरण ढुवानीमा प्रत्यक्ष प्रभाव परेको छ,' उनले भने, 'यही कारण निर्माण अवधि लम्बिने देखिएको छ ।'

अवरुद्ध बनेको पहुँचमार्ग यथाशीघ्र सुचारु गर्न सबै खालका उपाय परिचालन गरिएको अधिकारीले जानकारी दिए । पुल बगेको स्थान र पहुँच मार्गको अन्य क्षतिको निरीक्षण तथा पुनः सञ्चालनका विकल्पबारे अध्ययन गर्न प्राविधिक टोली समेत कार्यक्षेत्रमा खटिएको उनको भनाइ छ ।

प्राविधिक टोलीको स्थलगत निरीक्षण र अध्ययन प्रतिवेदनका आधारमा वैकल्पिक व्यवस्था वा अस्थायी मार्ग निर्माण गरी ढुवानी कार्यलाई छिट्टै सुचारु गरिने पनि अधिकारीले ऊर्जा खबरलाई जानकारी दिए ।

रामेछाप जिल्लाको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन आयोजनाको बाँध समुद्र सतहदेखि ३३४० मिटर उचाइमा र विद्युत्‌गृह करिब २६०० मिटरमा निर्माण भइरहेको छ ।

हिमाल पानीको स्रोत भएकाले आयोजनाबाट वार्षिक ३८१ गिगावाट प्रतिघन्टा ऊर्जा (३८ करोड १० लाख युनिट) उत्पादन हुने अध्ययनले देखाएको छ । क्यू–४५ मा डिजाइन गरिएको यो आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् विद्युत्‌गृहदेखि २४ किलोमिटर दूरीको गर्जाङ सबस्टेसनमा जोडिने छ ।

१० अर्ब ५७ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ । नुप्चे–लिखुमा माछापुच्छ्रे बैंकको नेतृत्व तथा हिमालयन बैंकको सह–नेतृत्वमा बैंक अफ काठमाडौँ, राष्ट्रिय वाणिज्य, कुमारी, कृषि विकास, एनसिसी लगायत ९ बैंकले लगानी गरेका छन् ।

आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । निजी क्षेत्रले निर्माण गर्ने आयोजनामा सरकारी कम्पनीले स्वपुँजी लगानी गरेको यो पहिलो आयोजना हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३