विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले दाङमा रहेको सोनापुर सिमेन्ट प्रालिको बिजुली काटेको छ । प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नबुझाएको र बारम्बार ताकेता गर्दा पनि वेवास्ता गर्ने सिमेन्ट उद्योगको लाइन काटेको हो ।

लामो समयदेखिको करिब ७५ करोड रुपैयाँ बक्यौता नतिरेपछि बुधबार (चैत २९ गते) लाइन काटिएको केन्द्रका निमित्त प्रमुख डिल्लीराज आचार्यले बताए । ‘सिमेन्ट प्रालिलाई बारम्बार ताकेता गर्दा पनि वेवास्ता गरीे बक्यौता बढ्दै गएपछि लाइन काटिएको हो’, उनले ऊर्जा खबरसँग भने, ‘अहिले बक्यौता बढेर ७४ करोड ६० लाख रुपैयाँ पुगेको छ ।’ ‘पहिला लिएको डेडिकेटेड लाइनबाट तिर्न बाँकी ३२ करोड ९४ लाख तथा पछिको ४१ करोड ६६ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ’ उनले थपे ।

उद्योगले बिचमा केही तिर्ने गरेपनि ९ महिनादेखि भने कुनै बक्यौता तिर्न नआएपछि लाइन काटेको प्राधिकरणले जनाएको छ । केन्द्रका अनुसार सिमेन्ट उद्योगले मासिक २ करोड रुपैयाँ बराबरको महसुल भुक्तानी गर्ने गरेको थियो । केन्द्रले उद्योगका लागि तुल्सीपुर उपमहानगरपालिका–१७ मा अवस्थित मुख्य फिडरबाट ट्यापिङ गरेर लाइन दिएको छ । अहिले पनि केन्द्रले समयमै महसुल भुक्तानी गर्न ताकेता गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit