काठमाडौं । एनइए इन्जिनियरीङ कम्पनीको वार्षिक साधारणसभा आगामी पुस २७ गते हुने भएको छ । गत २ गते बसेको ७१ औ सञ्चालक समितिको बैठकले साधारणसभाको मिती तय गरेको हो ।
साधारणसभाले २०७७/७८ कोे लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब र नगर प्रवाह विवरणहरुको छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०७८/७९ को लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।
साथै, साधारणसभाले कम्पनीको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस सेयरको कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको साधारणसभा आगामी मंसिर २७ गते नेपाल विद्युत प्राधिकरणमा हुनेछ । सभा साँझ ४ बजेबाट सुरु हुनेछ ।