विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को जेठ ३२ गते (बिहीबार) हुने निर्वाचनका लागि गणेश कार्की समूहले प्यानल घोषणा गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा कार्कीले अध्यक्ष तथा पदाधिकारी र कार्यसमितिको नामावली घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै कार्कीले इपान सबैको भएको हुँदा विभाजन भएर जान नहुने बताए । वन, वातावरण, जग्गा प्राप्ति, सेयर, बिमा लगायत निजी क्षेत्रले भोगिरहेका थुप्रै समस्याहरू छन्,’ उनले भने, ‘एक जुट भएर जान सकियो भने मात्र यी समस्या समाधान गर्न सकिन्छ र हाम्रो बल पुग्छ ।’ विधान संशोधनको सन्दर्भमा समय सापेक्षरूपमा परिमार्जन गरेर जान सकिने पनि उनले बताए ।

कार्कीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी उम्मेद्वार छन् भने पाँच उपाध्यक्षहरूमा आशिष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम भ्लोन लामाले उम्मेदवारी घोषणा गरेका छन् ।

संस्थाको महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवमा भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल र भरत नेपालको नामावली बाहिर सार्वजनिक गरिएको छ । यस्तै, कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी परेको छ । सदस्यहरूमा उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, टिएन आचार्य, कुवेरमणि नेपाल, सुमन जोशी, इशा श्रेष्ठ लगायत रहेका छन् ।

उल्लिखित अधिकांश उम्मेदवारीका नामावली आइतबार अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको समूहमा समेत समेटिएका छन् । धेरैजसो साझा उम्मेदवारी भएकाले सहमतिमै पदाधिकारी तथा कार्यसमिति चयन गरेर जानुपर्ने कार्कीको भनाइ छ । अध्यक्षका दुवै प्रत्यासी मल्ल र कार्कीले प्यानल बनाएर उम्मेदवारीको नामावली बाहिर ल्याए पनि कुनैमा पनि पूर्ण कार्यसमिति छैन ।

विद्यमान संशोधित विधानअनुसार इपानको पदाधिकारीमा १५ जना र कार्यसमिति सदस्यमा १५ जना गरी २५ सदस्यीय कार्यसमिति रहने प्रावधान छ । मल्ल समूहले भने विधानको व्यवस्था सही नरहेको हुँदा यसलाई संशोधन गरेरमात्र निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit