विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ५ प्रतिशत बाेनस सेयर र ०.२६३ प्रतिशत लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ । सञ्चालक समितिको २९ गते (शुक्रबार) बिहान ८ बजे बसेको बैठकले आफ्ना सेयरधनी सदस्यलाई लाभांश पारित गर्न पुस २६ गते सभा बोलाएको हो । 

चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने अर्थात १ अर्ब ६ करोड ३८ लाख १३ हजार ४ सय ७५ बराबरको बोनस सेयर र चुक्ता पूँजीको ०.२६३ प्रतिशतका दरले हुन आउने अर्थात ५ करोड ५९ लाख ९० हजार १ सय ७७ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सभाबाट प्रस्ताव पारित हुने लगतै सेयरधनी सदस्यका लागि लाभांश र बाेनस सेयर वितरण हुनेछ ।

कम्पनीले आयोजना गरेको साधारण सभा पुस १६ गते मंगलबार हुनेछ । कम्पनीले हालसम्म ४ सय ७६ मेगावाटका १३ आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी गरेको छ । ती मध्ये ९०.६ मेगावाटका ४ आयोजना सञ्चालनमा आइसकेका छन् । 

हालसम्म कम्पनीले १४ सय ४० मेगावाटका ५ आयोजना र ४ सम्बन्धित कम्पनीहरूमा ९ अर्ब ४५ करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । पावर चाइनासँगको सहकार्यमा १ सय ५६ मेगावाटको माडी जलाशय र ७ सय ५६ मेगावाटको तमोर जलाशय निर्माण गर्न सम्झौता गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit