विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ट्याक (टिएसी) हाइड्रो कन्सल्टेन्सी प्रालि.ले विभिन्न पदमा ७ कर्मचारीको माग गरेको छ । कम्पनीले निर्माणाधीन तथा निर्माणमा जाने तयारीमा रहेका जलविद्युत र सिँचाइ आयोजनाका लागि कर्मचारीको माग गरेको हो ।

२ जना स्थानीय इन्जिनियर, २ जना साइट इन्जिनियर, एक जना हाइड्रो पावर इन्जिनियर, एक जना सिभिल इन्जिनियर, एक जना मेकानिकल इन्जिनियर, एक जना सर्वेक्षणका लागि र एक जना कार्यलय सहयोगका लागि  गरी जम्मा ७ जना कर्मचारीको माग गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्थानीय इन्जिनियरका लागि सिभिल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा पनि ५ वर्ष हाइड्रो पावर क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ ।

साइट इन्जिनियरका लागि स्नातक तह उत्तीण गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि ३ वर्ष काम योग्यता हुनेपर्ने छ । हाइड्रो पावर इन्जिनियरका लागि इन्जिनियर विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी कम्तीमा पनि २ वर्ष काम गरेको हुनुपर्नेछ ।

सिभिल इन्जिनियरका लागि सिभिल इन्जिनियर विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा ३ वर्ष काम गरेको हुनेपर्ने कम्पनीले जनाइएको छ । साथै, मेकानिकल इन्जिनियरका लागि सोही विषयमा स्नातक तह उत्तीर्ण गरी हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलमा ३ वर्ष काम गरेको चाहिनेछ । 

यस्तै, सर्वेक्षणको लागि इन्जिनियरिङ विषयमा डिप्लोमा गरी कम्तीमा पनि ३ हाइड्रो पावर क्षेत्रमा ३ वर्ष काम गरेको र कार्यलय सहयोगका लागि प्लस टु पास गरेको हुनुपर्नेछ । 

इच्छुक योग्य व्यक्तिले कात्तिक २० गतेभित्र आवेदन दिइ सक्नुपर्नेछ । आवेदक दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit