काठमाडौं । बिन्ध्याबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको १० लाख कित्ता सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेकाे हाे ।
सय रुपैयाँमा अंकित १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ७ लाख कित्ता सेयर आयोजनाको मूख्य संरचना रहेको लमजुङ जिल्लाको क्च्होलासोवार गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर ८ र ९ का स्थानीयका लागि छुट्टयाइएको छ ।
बाँकी, ३ लाख कित्ता सेयर क्ल्होलासोवार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिकाका बाँकी सबै वडाका स्थानीयका लागि छुट्याइएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन्।
स्थानीयले छिटोमा बैशाख २५ गते र ढिलोमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीले २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरीरहेको छ । कम्पनीको ८.८ मेगावाटको रुदी खोला–ए र ६.६ मेगावाटको रुदी खोला–बी जलविद्युत केन्द्र सञ्चालनमा छ ।