विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ ब‌ैशाख ३०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तरराष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । विद्युतीय र ऊर्जासँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएकाे हाे ।

आगामी माघ ६ देखि ८ गतेसम्म हुने प्रदर्शनीमा विद्युतीय र ऊर्जासँग सम्बन्धित सामाग्री प्रदर्शनी गरिनेछ । मिडिया स्पेस सोलुसन्सका साथै एक्जिविसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिको संयोजकत्वमा प्रदर्शनी हुन लागेको हो ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टलहरू रहने आयोजकले जानकारी दिएको छ । नेपालमा आयात हुने करीब ६० प्रतिशत विद्युतीय उपकरण भारतबाट आउने भएकाले यो प्रदर्शनीमा भारतका सरोकारवालाको उल्लेख्य सहभागिता हुने आयोजकको भनाइ छ ।

विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्य सहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइनेछ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit