विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो एमिसन राईड एनले दशैं अफर ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले लुयान स्कुटरको खरिदमा २० हजार रुपैयाँ छुटको साथै एकवर्षको सडक कर छुटको अफर ल्याएको हो ।

लुयानको आकर्षक हेल्मेट पनि निशुल्क पाउने छन् । लुयानको नेपाली बजारमा एमएनके–३, एस–३० र एस–७० प्रो गरी तीनवटा मोडलका स्कुटर उपलब्ध छन् । जसमध्ये सबैभन्दा लोकप्रिय एमनके३ मा ग्राहकले लीड एसिड, ग्राफिनी र लिथियम आयोन ब्याट्रीको विकल्प पाउन सक्नेछन् ।

एमएनके थ्रीमा ७३ भोल्ट ३५ एम्पियर क्षमताको ब्याट्री जडान गरिएको छ । चार्ज साइकिल ८०० रहेको यसको ब्याट्री लामो समयसम्म टिक्ने वितरकको दावी छ । स्कुटरले सिंगल चार्जमा १२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।

यसैगरी, हालैमात्र नेपाल आएको नयाँ स्कुटर एस–७० प्रोमा ९६ भोल्ट २३ एम्पियरको ग्राफिनी ब्याट्री र २.८ किलोवाटको लिक्विड कुल्ड हव मोटर जडान गरिएको छ । सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ८० किलोमिटरसम्म रेन्ज पाउन सकिने दावी कम्पनीले गरेको छ ।

यसको दुवै चक्कामा डिस्क ब्रेक, डिआरएल सहितको एलईडी हेडलाइट, एलइडी डिस्प्ले, एनएफसी सेन्सर किलेस इन्ट्रि र एन्टी थेप्ट सिस्टम लगायत फिचर पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit