विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गराउन सरकारले आवश्यक पहलकदमी लिएको बताएका छन् ।     

राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद मदनकुमारी शाह गरिमाले उठाएको प्रश्नको जवाफमा मन्त्री खड्काले उक्त आयोजनाअन्तर्गत भइरहेको तेस्रो चरणको कामलाई थप प्रभावकारी बनाउन मन्त्रालयले पहलकदमी लिएको सदनलाई जानकारी गराएका हुन् ।  

‘गत आर्थिक वर्षमा आयोजनाको पुँजीगततर्फ १ अर्ब १४ करोड ३५ लाख रुपैयाँ विनियोजन भएको थियो,’ मन्त्री खड्काले भने, ‘गत आवमा सञ्चालनमा रहेका पुराना ठेक्का र चालु आवमा सञ्चालित नयाँ ठेक्का गरी कूल ३ अर्ब ७१ करोड ८० लाख रुपैयाँ दायित्व रहेको थियो । जग्गा अधिग्रहणतर्फ कूल रु एक अर्ब १० करोड बाँकी रहेको थियो ।’ 

बजेट अभावका कारण २०८० वैशाख १६ सम्ममा निर्माण भएको रु २७ करोड ६७ लाख रुपैयाँ बराबरको बिल भुक्तानीका लागि जलस्रोत तथा सिँचाइ विभागमा प्रतिवेदन पेस भए पनि हालसम्म भुक्तानी हुन नसकेको मन्त्री खडकाले जानकारी दिए । उनका अनुसार आयोजनाको स्वीकृत गुरुयोजना अनुसार समयमा नहर निर्माण सम्पन्न गरी तोकिएको लक्ष्य हासिल गर्नका लागि वनक्षेत्रमा पर्ने जग्गा भोगाधिकार तथा रुख कटानका लागि आव २०७९/८० देखि नै पहल हुँदै आएको थियो । 

मन्त्री खड्काले वनक्षेत्रको जग्गा भोगाधिकारका तथा रुख कटानका लागि गत असार १० गते मन्त्रिपरिषद्ले निर्णय गरिसकेको जानकारी दिए । टनकपुर मूल नहर सञ्चालनको तयारी भइरहेको जनाउँदै आयोजना सञ्चालनसम्बन्धी आवश्यक कूटनीतिक पहल थालिएको उनले बताए । 

महाकली एकीकृत विकास सन्धिअनुसार भारतको शारदा नहरबाट नेपालको दोधारा–चाँदनी मूल नहरलाई १० क्युमेक प्राप्त हुने व्यवस्था छ । मूल नहर निर्माण गर्न गत आवमा जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण भइसकेको बताउँदै बजेट अभावका कारण वितरण हुन नसकेको मन्त्री खड्काले जानकारी दिए ।  

‘नहर तथा संरचना निर्माणका लागि लागत अनुमान, डिजाइन, नक्सालगायत तयारी अवस्थामा छन् । सोको कार्यान्वयनका लागि भारतको शारदा नहरमा ‘हेड रेगुलेटर’ र भारतीय भूमिमा बन्नुपर्ने ‘लिङ्क क्यानल’ हालसम्म पनि निर्माण भएको छैन । यसले काममा केही ढिलाइ भएको हो,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३