विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जुम्ला जिल्लामा स्थानीयबासीले सञ्चालन गरिरहेको एक लघुजलविद्युत आयोजनाको विद्युतगृह भासिँदा एकै परिवारका ३ जनाको ज्यान गएकाे छ । हिमा गाउँपालिका–१ आचार्य लिहीस्थित ३० किलाेवाटकाे भित्री खोलाको बाँध भासिँदा उक्त घटना घटेको हो ।

ज्यान गुमाउनेमा त्यहाँ कार्यरत चौकीदार गोरकबहादुर रावतकी श्रीमती र दुई छोरा परेका छन् । त्यो क्षेत्र नेपाल विद्युत प्राधिकरणभन्दा निकै टाढा रहेको र विस्तृत जानकारी थाहा भइनसकेको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए । यद्यपि, जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३० वर्षीय विमला रावत तथा उनका छोराहरू ९ र ८ वर्षका भरत र सूर्य घटनामा परेका छन् ।

गए राति ठूलो पानी परेको र विद्युतगृहमा पानी लैजाने कुलोमा घाँस दाउरा जम्मा हुँदा त्यसले बाँधमा दबाब पर्न गई भासिएको अनुमान गरिएको छ । राति अन्दाजी साढे २ बजेतिर घटना भएको तर गाउँलेले बिहान ४ बजेतिरमात्र थाहा पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । शवहरू पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit