विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मध्यभोटेकासी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामगोपाल शिवाकोटी नियुक्त भएका छन् । उनी खुल्ला प्रतिस्पर्धाका आधारमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका हुन् ।

प्रतिस्पर्धाका आधारमा छनोट भएका शिवाकोटीलाई कम्पनीको सञ्चालक समितिले सोमबार कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । बंगलबारबाट कार्यालयमा उपस्थित भई काम सुरु गरेको शिवाकोटीले बताए ।

‘सोमबार नियुक्ती पाएं । मंगलबारबाटै कार्यालयमा उपस्थित भई काम सुरु गरेको छ्,’ उनले ऊर्जा खबरसँग भने, ‘मेरो २ वर्षे कार्यकालमा १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना सम्पन्न गरी नयाँ आयोजनासमेत अघि बढाउने गरी काम गर्नेछु ।’ 

शिवाकोटी प्राधिकरणमा ३० वर्ष सेवा गरेर अवकास भएका कर्मचारी हुन् । उनले यही अवधिमा चिलिमे जलविद्युत कम्पनीको कार्यकारी प्रमुख भई २८ महिना काम गरेका थिए ।

उनले पञ्चेश्वर आयोजनामा पनि काम गरेका थिए । प्राधिकरणबाट अवकास भएपछि पनि उनले मेलम्ची खानेपानी आयोजनाको अन्तर्राष्ट्रिय परामर्शदातासँग काम गरेका थिए ।

मणिराज काफ्लेले राजिनामा दिएपछि कम्पनी कार्यकारी प्रमुख बिहिन बनेको थियो । चिलिमेका कार्यकारी निर्देशक शुभाष मिश्रले मध्यभोटेकासीको जिम्मेवारी हेर्दै आएका थिए । कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारीमा आएका शिवाकोटीको काँधमा ५० प्रतिशत निर्माण पूरा भएको आयोजना सम्पन्न गर्नुपर्ने जिम्मेवारी छ । मध्यभाेटेकाेसी चिलिमेकाे सहायक कम्पनी हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit