काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट बनाउन दुईतीन लाख भए पुग्ने बताए । बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने शाहले बताए । ‘हाम्रो टेकुमा रहेको प्लान्ट बनाउन करोडौं रुपैयाँ लाग्दैन’, उनले भने, ‘दुईतीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ ।’
काठमाडौं महानगरपालिकाले करिब साढे ५ वर्षअघिको टेकुको फोहोरबाट बिजुली उत्पादन गर्न यो प्लान्ट स्थापना गरेको थियो । टेकुस्थित ५ हजार वर्ग फिट क्षेत्रफल जग्गामा रहेको प्लान्टमा ३ सय मेट्रिक टन फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन गरिएको थियो ।
उत्पादीत विद्युत परिक्षणका लागि महानगरले आफ्नै कार्यालयमा जडान गरेको थियो । करिब ४ करोड रुपैयाँ लागतमा निर्माण भएको सो प्लान्ट अहिले बन्द छ