विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
इपान कार्यसमितिको एक वर्ष

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) मा गणेश कार्की नेतृत्वमा निर्वाचित कार्यसमितिले एक वर्ष पूरा गरेको छ । संस्थाको २१ औँ साधारणसभाबाट २०८० जेठ ३२ गते इप्पानको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशसँगै स्थापना भएको इपानले आज २५ वर्ष पूरा गर्न लागेको छ । यसअवसरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी इपानले अध्यक्ष गणेश कार्कीले आफू नेतृत्वको १ वर्षको कार्यकालमा भएका उपलब्धिहरूको घोषणा गरेका छन् । 

उद्योग वाणिज्य महासंघको सदस्यबाट इपान अलग 

अध्यक्ष कार्कीका अनुसार इपान क्षेत्रगत लगानीका हिसाबले सबैभन्दा बढी लगानी भएको क्षेत्र भएको र संस्थामा आवद्ध हुने सदस्य संस्थाको संख्या ५०० भन्दा धेरै पुगिसकेको छ । नयाँ कार्यसमिति चयन भए लगत्तै २०८० असार १ गते बसेको कार्यसमितिको १७१ औँ बैठकबाट नेपाल उद्योग वाणिज्य महासंघमा रहेको वस्तुगत सदस्यबाट अलग हुने निर्णय गरिएको थियो । यससँगै इपान स्वतन्त्र, स्वायत्त र ऊर्जा उत्पादनसंग जोडिएका हजारौ ऊर्जा उद्योगी व्यवसायीहरूको एक छातासंस्थाको रूपमा अघि बढेको छ । आगामी दिनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने सबै संघसंस्थाहरूसँग सहकार्य, समन्वय र सहजीकरण गर्दै सबै ऊर्जा उद्यमी र व्यवसायीहरूको छाता संस्थाको रूपमा अघि बढ्ने इपानको लक्ष्य रहेको कार्कीले बताए । 

यस्ता छन् १ वर्षका मुख्य उपलब्धि

–पहिलो पटक गत माघ ४ गते ‘इपान स्थापना दिवस’ मनाइएको
–आगामी २०८१ माघ ४ गते इप्पानको रजत जयन्ती मनाइँदै
–‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना गरिएको
–भवन निर्माण र नीति अनुसन्धान कोष स्थापना
–सबै प्रमुख राजनीतिक दलहरूसँग भेटघाट
–प्रधानमन्त्रीदेखि सरोकारवाला मन्त्रालयका सबै मन्त्री, सचिव र विभाग प्रमुखहरूसँग भेट
–कार्यसमितिको निर्वाचन भएको दिन २०८० जेठ ३२ गते राति पूर्वी नेपालमा आएको बाढीका कारण ३१ वटा जलविद्युत् आयोजनामा क्षति भएपछि इपानले गरेको पहल
–विद्युत् विधेयकलाई ऊर्जामैत्री बनाउन पहल
–ऊर्जा क्षेत्रको प्रवद्र्धनका लागि विभिन्न राजदूत/कुटनीतिज्ञ नियोग र विकास साझेदार निकायहरूसँग भेटघाट र छलफल
–ऊर्जा क्षेत्रका विभिन्न विषयमा ५ वटा फ्राइडे फोरमको आयोजना
–विभिन्न आयोजनामा भएको तोडफोड र आगजनीविरुद्ध प्रधानमन्त्री र गृह मन्त्रीसँग भेटघाट गरी सुरक्षा सम्बन्धी नीति बनाउन सुझाव
–स्थानीयतहले जलविद्युत् आयोजनाहरूसँग गैरकानूनी रूपमा पत्र लेखेर कर मागेपछि सो करखारेज गर्न पहल
–निकुञ्जमा परेका जलविद्युत् आयोजनाहरूमा देखिएका समस्या समाधानका लागि प्रयास
–नीति, कानून, योजना, बजेट र कार्यक्रममा सल्लाह सुझाव
–ऊर्जा समृद्धि, हिमालय हाइड्रो एक्स्पो, वार्षिक उत्सव प्रतिवेदन, ऊर्जा बुलेटिन प्रकाशन
–संस्थाको वेवसाइटलाई परिमार्जन, स्तरोन्नति तथा नियमित रूपमा इपान वेवसाइटमा ऊर्जा समाचारहरूको अपडेट


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३