विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभीको टेकु–स्युचाटार प्रसारण लाइन चार्ज गर्ने तयारी गरिरहेको छ । काठमाडौं जिल्लाको बढ्दो विद्युतीय माग पूरा गर्न प्राधिकरण अन्तर्गत लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन आयोजनाले ६६ केभीको लाइन १३२ मा स्तरोन्नति गरी चार्ज गर्ने तयारी गरेको हो ।

आयोजनाले १३२ केभीका लागि डिजाइन तथा मर्मत गरी हाल ६६ केभी भोल्टेजमा सञ्चालनमा रहेको टेकु सबस्टेसनबाट स्युचाटार सबस्टेसनसम्म जाने प्रसारण लाइन स्तरोन्नति गरी असोज १ गते चार्ज गर्ने तयारी गरिरहेको प्राधिकरणले जनाएको छ ।

यो लाइन टेकु सबस्टेसनबाट बागमती मार्ग हुँदै बल्खु चोक–परिक्षा नियन्त्रण कार्यालय (त्रिवी)–जानकी चोक–अखण्ड विद्या सदन (मैत्रीनगर, कलंकी)–स्युचाटार सबस्टेसनसम्म निर्माण हुनेछ ।

लाइनको केन्द्रबिन्दुदेखि ९/९ मिटर दायाँ/बाँया क्षेत्राधिकारभित्र धेरै नजिक टहराहरू बनेको देखिएकोले सम्बन्धित कोनुन तथा मापदण्ड विपरीत बनेका घर/टहरा लगायतका संरचनाहरू विद्युतीय जोखिममा हुने भएकोले सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit