विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २१, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर लोहरे खोला हाइड्रो पावर कम्पनी लिमिटेडले असार ७ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । 

जारी पूँजीको ४९ प्रतिशतश अर्थात २४ लाख ९८ हजार ४० कित्ता साधरण सेयरमध्येको जारी पुँजी २० प्रतिशत अर्थात ५ करोड ९ लाख ८० हजार ४ सय रकम बराबरको सय रुपैयाँ अंकित ५ लाख ९ हजार ८ सय ४ कित्ताको ५० प्रतिशतश हुने अर्थात २ लाख ५४ हजार ९०२ कित्ता सेयर आयोजनाबाट अति प्रभावित नौमुले गाउँपालिका वडा नम्बर ३ का स्थानीयवासीहरुका लागि र ५० प्रतिशत अर्थात २ लाख ५४ हजार ९०२ कित्ता सेयर दैलेख जिल्लाको स्थानीयका लागी निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीको जारी पूँजी ३९ प्रतिशत अर्थात १९ करोड ८८ लाख २ सय ३६ कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १ करोड ९८ लाख ८२ हजार ४ सय कित्ता रकम बराबरको सय रुपैयाँ अंकित १ लाख ९८ हजार ८ सय २४ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन गर्ने तयारी गरेको हो । 

प्रभावित स्थानीय र वैदेशिक रोजागरीमा गएका नेपाली नागरिकले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा असार २१ गतेसम्म र ढिलोमा साउन ५ गतेसम्म आवेदन दिन पाउनेछन् भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले असार २१ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दैलेख जिल्लामा ४ मेगावाटको माथिल्लो लोहरे खोला जलविद्युत आयोजना निर्माणाधीन छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३