विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल आँखा कार्याक्रम, तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ । ऊर्जा दक्षताको प्रवर्द्धन तथा आधुनिक ऊर्जा प्रविधिको प्रयोगमा बढावा दिन सम्झौता भएको हो ।

सम्झौतापत्रमा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारी र प्रतिष्ठानका तर्फबाट डा. रीता गुरुङले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रतिष्ठानको ऊर्जा दक्षताको प्रवर्द्धन वृद्धिका लागि आवश्यक प्राविधिक सहयोग गर्नेछ । आधुनिक ऊर्जा प्रविधिको प्रयोगमा बढावा दिई हरित ऊर्जा अर्थतन्त्र विकासमा योगदान पुर्याउनेछ ।

सम्झौता कार्यक्रममा प्रतिष्ठानका सञ्चालक समितिका सचिव प्रा.डा. सन्द्क रुइत लगायत अन्य पदाधिकारीसँग छलफल समेत भएको छ । मानव जगतको सेवामा समर्पित तिलगंगा आँखा प्रतिष्ठानलाई यस कार्यबाट हुने ऊर्जा तथा आर्थिक बचतबाट आँखा सम्बन्धि अनुकरणीय कार्यको लागि थप सहयोग हुनेछ ।

प्रतिष्ठानले ऊर्जा दक्षता सम्बन्धि सुधारका कार्यक्रमहरू अनवरत रुपमा प्रवद्र्धन गर्ने उदेश्य लिएको छ । केन्द्रले पनि ऊर्जा प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit