विद्युत अपडेट

  • प्राधिकरण : ६१९१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३३९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १६१५७ मे.वा.घन्टा
  • आयात : ९७३३ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : १८७० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२९१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १८१३ मे.वा.
२०८२ ब‌ैशाख २५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

डडेल्धुरा । डडेल्धुराको पूर्वी भागमा पर्ने नवदुर्गा गाँउपालिकामा विद्युत् आपूर्ति सहज बनाउन नयाँ ट्रान्सफर्मर थप गरिएको छ । उक्त पालिकाको वडा नम्बर ३ मा १.५ एमभीए क्षमताको नयाँ ट्रान्सफर्मर थप गरी सञ्चालनमा ल्याउन लागिएको हो । वैशाख ६ गते (शनिबार) उक्त थप गरिएको ट्रान्सफर्मर ‘चार्ज’ गरिएको र ३ दिनपछि सञ्चालनमा ल्याइने नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा विद्युत् वितरण केन्द्रका प्रमुख रमेश अवस्थीले ऊर्जा खबरलाई बताए ।

जिल्लाको गन्यापधुरा गाँउपालिकामा पहिलेदखि नै चालु रहेका फिडरसँगै थप ३ वटा ११ केभीका फिडरबाट विद्युत् वितरण हुने भएपछि स्थानीय बासिन्दाले सहज रुपमा विद्युत् सेवा पाउन सकेका थिएनन् । नयाँ ट्रान्सफर्मर थपिएपछि यस क्षेत्रको आपूर्तिमा सुधार हुने अपेक्षा गरिएको छ ।

यसैगरी, आगामी एक महिनाभित्र जोगबुढा उपत्यका, आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा पनि आपूर्ति सहज बनाउन ट्रान्सफर्मर थप गर्ने तयारी भइरहेको उनले बताए ।

केही दिनअघि मात्र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले वितरण प्रणालीमा हुने प्राविधिक तथा अप्राविधिक चुहावटलाई घटाउन र थप सुरक्षित, भरपर्दो र ग्राहकमुखी बनाउन निर्देशनसमेत दिएका थिए । पछिल्लो समय प्राधिकरणले विद्युत् आपूर्ति नियमित र गुण्स्तरीय बनाउन प्रसारण पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३