विद्युत अपडेट

  • प्राधिकरण : ८४६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५२१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५१८६ मे.वा.घन्टा
  • आयात : ११६८९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४१२० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४६८३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३८ मे.वा.
२०८२ ब‌ैशाख १४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ भएको भनी सामाजिक सञ्जालहरूमा भ्रम फैलाइएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘प्रि–मनसुन’ का कारण सिर्जना भएको प्रतिकूल मौसम तथा हावाहुरीका कारण पोल ढल्नेलगायत समस्याका कारण छोटो समयका लागि विद्युत् अवरुद्ध हुँदा लोडसेडिङ भयो भनेर अतिरञ्जित गरी भ्रम सिर्जना गरिएको प्राधिकरणको भनाइ छ । 

ग्राहकलाई नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन सदैव प्रतिबद्ध रहेको भन्दै प्राधिकरणले देशभरका वितरण केन्द्रबाट दिनरात निरन्तर काम गरी अवरुद्ध भएका ठाउँमा विद्युत् सेवा यथाशीघ्र सुचारु गर्ने गरिएको समेत जनाएको छ । 

कहीँकतै हावाहुरीले पोल ढलेको, तार लत्रिएको देखिए त्यस्तो ठाउँमा नजान र तार तथा पोल नछुन तथा प्राधिकरणको हटलाइन नम्बर ११५० मा फोन गरी जानकारी गराउन पनि सबैमा प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३