विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य पदका उम्मेदवार बादशाह कुर्मीले सिक्टा सिँचाइको नहर खजुरा गाउँपालिकासम्म पुर्याउने प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रका धेरै जनता कृषिमा निर्भर भएपनि सिँचाइको पर्याप्त व्यवस्था नभएकोले सिक्टा सिँचाइको नहर यस क्षेत्रका जनताको जमिनसम्म ल्याउने बताएका हुन् ।

परसपुर–गौघाट सडकका कारण जनताले पाइरहेको दुःख अब छिट्टै समाधान गर्ने पनि बताएका छन् । बाँके र बर्दियाका जनतालाई नेपालगन्जसँग जोड्ने सडकको स्तरउन्नतीमा ढिलाई भएका कारण थुप्रै जनताले सास्ती भोग्नु परेको कुर्मीले बताए ।

खजुराले स्थानीय, प्रदेश, संघ र केन्द्रमा सरकार हुँदा समेत त्यो बढाउन नसक्नु दुर्भाग्यपुर्ण अवस्था रहेको उनको भनाइ छ । ‘म गाविस अध्यक्ष भएको बेला चार वटा गाविसले मिलेर त्यो बाटो सुरुवात गरेको थियौं, दुर्भाग्य भनौं तर आजसम्म त्यसको स्तरउन्नती हुन सकेको थिएन’, कुर्मीले भने, ‘खजुराको २ नम्बर वडाबाट २ जना प्रदेश र संघीय सांसद बन्नु भयो, तर उहाँले घर अगाडि बाटो बनाउन सक्नु भएन भने उहाँहरूले यस क्षेत्रमा कति विकास गर्नु भयो भन्ने जनतालाई थाहा छ ।’

खजुरा गाउँपालिकाका जनतासँग भेटघाट गर्ने क्रममा उम्मेदवार कुर्मीले आफुहरू विजयी भएपछि खजुरा क्षेत्रमा रहेका सम्पूर्ण अपुरा भौतिक पुर्वाधारका काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

खजुरा क्षेत्रको विकासमा लागि कृषिलाई आधुनिकरण र ग्रामिण उद्योगलाई वृद्धि गर्ने योजना सहित काम गर्ने कुर्मीले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit