विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तामाकोसी–बाह्रबिसे–काठमाडौं ४०० केभी प्रसारण लाइनको पहिलो खण्डको काम रोकिएको छ । प्रसारण लाइनको डिजाइन परिवर्तन र थपिएका टावरका सामान आयातका लागि अर्थ मन्त्रालयले समयमा स्वीकृत नदिँदा काम रोकिएको हो ।

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको डिजाइन परिवर्तन पछिका र थपिएका टावरको सामान, डिजाइनको सुचीसहितको फाइल ऊर्जा मन्त्रालय हुँदै अर्थमन्त्रालयमा २ महिना अघि नै पेस गरेको छ । अर्थ मन्त्रालयले सामान आयातको स्वीकृत गरेपछि भन्सारबाट सामान छुट्छ ।

प्रसारण लाइनका लागि आयोजनाको ठेकेदार कम्पनी केइसी इन्टरनेशनलले ल्याएको आवश्यक टावरका सामान दुई महिनादेखि विरगन्ज भन्सारमा रोकिएको छ । पछिल्लो समय ऊर्जा मन्त्रालय र अर्थमन्त्रालयमा मन्त्री नहुँदा पनि समन्वय नहुँदा सहमती दिन ढिला गरेको आयोजनाले जनाएको छ । अहिले अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय दुवैको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले लिएका छन ।

आयोजनाको खिम्ती–बाह्रबिसे पहिलो खण्डको सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर दुई कर्थलीको पहिरोका कारण रुट परिवर्तन गर्नु पर्दा ३ वटा टावर थप भएको थियो भने १० वटाको डिजाइन परिवर्तन गर्नु परेको थियो । थपिएको टावर र परिवर्तित डिजाइनको काम आयोजनाले तिब्र गतिमा गरे तापनि अर्थ मन्त्रालयले सामान आयातमा ढिलाइ गर्दा काम रोकिएको हो । टावरको जगमा हाल्ने स्टब र टावरका सामान रोकिँदा १० वटा टावरको काम सुरु नै हुन सकेको छैन ।

यस्तो छ आयोजनाको प्रगति

खिम्ती–बाह्रबिसे पहिलो खण्ड ४४ किलोमिटर लामो रहेको छ । २ खण्डमा निर्माणाधिन आयोजनाको दोस्रो खण्डको तुलनामा पहिलो खण्डको काम तिब्र गतिमा भइरहेको छ । आयोजनाका इन्जिनियर गजेन्द्र यादवका अनुसार ४४ किलोमिटरमध्ये २० किलोमिटरको काम पूर्ण रुपमा सकिएको छ ।

पहिलो प्याकेजको १३१ वटा टावरमध्ये ९१ वटा टावरको जग पूरा भएको छ भने ७३ वटा टावर उठाइ सकिएको छ । आयोजनाको काम समग्रमा ७० प्रतिशत पूरा भएको यादवले बताए ।

पहिलो प्याकेजको लाइन ३ जिल्लामा पर्छ । रामेछाप जिल्लाको साँखेदेखि मिल्तीसम्म ३ वटा टावर पर्छ । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ७ सित्तली बेसीं र रामेछापको ३ वटा टावर र तारमुनी पर्ने जग्गाको सत प्रतिशत मुआब्जा स्थानीयले माग गरेपछि टावरको काम सुरु हुन सकेको छैन । रामेछापको टावरमा पर्ने जग्गाको प्रारम्भिक अधिकृतले प्रतिवेदन पेश गरेपछि मुआब्जा वितरणको काम अघि बढ्ने छ ।

दोलखाको ८६ मध्ये ७८ वटा टावरको जगको काम पूरा भएको छ भने ७२ वटा टावर ठड्याइसकिएको आयोजनाले जनाएको छ । बाँकी ५ वटामा काम भइरहेको छ । सिन्धुपाल्चोकमा ३१ वटा टावरमध्ये १३ वटाको जगको काम पूरा भएको छ भने १३ वटा जगको स्टप नभएर रोकिएको छ । ५ वटा टावरको भने आयोजनाले लाइन नै दिन सकेको छैन ।

टावरले ओगटेको जग्गाको मुआब्जा पनि दोलखामा ९३ प्रतिशत जग्गा र सिन्धुपाल्चोकमा ७१ प्रतिशत वितरण भइसकेको छ । तारमुनीको जग्गाको क्षतिपूर्ती ६० प्रतिशत वितरण भएको छ । तार तान्ने क्रममा भएको अन्नबाली, संरचना र रुखको क्षतिपूर्ती पनि चैत महिनाभित्र टुङ्गो लगाउने तयारी भएको आयोजनाका सामाजिक सुरक्षण अधिकृत सन्तोष काफ्लेले बताए ।

तामाकोसी नदी र सुनकोसी नदी आसपासको विद्युत काठमाडौंसम्म पुर्याउन तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत २ प्याकेजका काम भइरहेको छ । आयोजनाको पहिलो खण्डको तामाकोसी (रामेछापको साँखेदेखि सिन्धुपाल्चोकको बाह्रविसे) सम्मको नयाँ ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको छ ।

कम्पनीले करीब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि १ करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार (करबाहेक) रुपैयाँमा ठेक्का पाएको छ । पहिलेको चिनीयाँ कम्पनीसँगको ठेक्का तोडिएपछि केइसीसँग सन् २०२१ अक्टोबरमा पूरा गर्नेगरी २० मे २०१९ ठेक्का सम्झौता भएको हो । समयमा पूरा हुन नसक्दा ६÷६ महिना गरी २ पटक थपिएको समय समेत नसकिएपछि तेस्रो पटक म्याद थप हुँदै छ ।

दोस्रो प्याकेज

 लाइन र सबस्टेसन सुस्त

दोस्रो प्याकेजको बाह्रविसेदेखि काठमाडौंको लप्सीफेदीसम्म पर्छ । लप्सीफेदीमा सबस्टेसनको काम सुरु हुन नसक्दा सिन्धुपाल्चोकमा निर्माणको अन्तिम चरणमा पुगेको १०२ मेगावाटको मध्ये भोटेकोसी जलविद्युत आयोजनाको विद्युत खिम्ती–बाह्रबिसे हुँदै प्रसारण गर्नु पर्छ ।

सोही आयोजना अन्र्तगत ४०० केभी क्षमताको बाह्रविसे सबस्टेसनको काम भने सुस्त गतिमा भइरहेको छ । दुई वर्षमा पूरा गर्ने गरी सन् २०१७ डिसेम्बरमा ठेक्का सम्झौता भए तापनि अहिलेसम्म ५० प्रतिशत मात्र पूरा भएको छ । मध्ये भोटेकोसीको विद्युत प्रसारण लाइनका लागि पनि बाह्रबिसे सबस्टेसन र खिम्ती–बाह्रबिसे प्रसारण लाइन आउँदो असारसम्म पूरा गर्नुपर्छ ।

केही दिन अघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाह्रबिसे सबस्टेसनको स्थलगत भ्रमण गरी समयमा काम पूरा नगरे ठेकेदारबाट क्षतिपूर्ती भराउने चेतावनी दिइसकेका छन । बाह्रबिसे सबस्टेसनको ठेक्का चिनीयाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले पाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit